१६ चैत्र २०८२, सोमबार | March 31, 2026

बीएसपी नेपालद्वारा टोखा नगरपालिकालाई ३०० थान पीपीई र मास्क सहयोग



काठमाडौं । बीएसपी नेपालले टोखा नगरपालिकालाई स्वास्थ्य सामाग्री  सहयोग हस्तान्तरण गरेको छ।

टोखा नगरपालिकामा आज आयोजित एक कार्यमका बीच बीएसपी नेपालका बोर्ड अध्यक्ष शेखर अर्याल र कार्यकारी निर्देशक प्रकाश लामिछानेले नगरप्रमुख प्रकाश अधिकारीलाई पीसीई सेट र मास्क हस्तान्तरण गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका नेता कल्पना शर्माको पहलमा बीएसपी नेपालले ३०० थान पीपीई र मास्क सहयोग गरेको हो ।

यी स्वास्थ्य सामाग्री टोखा नगरपालिका क्षेत्रमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरूले प्रयोग गर्ने नगरप्रमुख अधिकारीले बताए । अधिकारीले आफुहरूलाई सहयोग गरेकोमा बीएसपी नेपाललाई धन्यवाद दिए ।

बीएसपीका बोर्ड अध्यक्ष अर्यालले सबै मिलेर  कोरोना महामारी विरूद्ध लड्नुपर्ने बताए । अर्यालले आफुहरूले गरेको सहयोगले महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरूलाई सानो सहयोग मिल्ने विश्वास गरे ।

बीएसपी नेपाल वैकल्पिक उर्जाको क्षेत्रमा काम गर्ने चर्चित संस्था हो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  २ : १९ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित