१६ चैत्र २०८२, सोमबार | March 31, 2026

संक्रमितको मृत्यु भएपछि भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण, ज्यान बचाउन छतबाट हाम्फाले नर्सहरु



नेपालगन्ज । कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । मृतकका आफन्तबाट भएको आक्रमणमा परि ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाईते भएको अस्पतालले जनाएको छ । आसीयू कक्षमै नर्सहरुमाथि हातपात भएपछि ज्यान जाेगाउन नर्सहरु छतबाट हाम्फालेका थिए ।

जेठ ४ गते देखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली बहादुर रावतको उपचारका क्रममा राती ८ बजेतिर मृत्यु भएपछि उनका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेको अस्पतालले जनाएको छ । मृतकको कुरुवा समेत रहेका मानबहादुर रावत सहितको समूहले नसिंङ स्टाफमाथि हातपात गरेको, चिकित्सकलाई आक्रमण गरेको र आईसीयू कक्ष तोडफोड गरेको अस्पता विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।

घटना लगत्तै प्रहरीले मानबहदुर सहित ३ जनालाई पक्राउ गरेको छ भने अन्यको खोजि गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  १० : ०९ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित