१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने ३ जना विरुद्ध ज्यान मार्ने अभियोगमा मुद्दा दर्ता



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने ३ जना विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको छ । पक्राउ परेका उनीहरुले अस्पतालमा कार्यरत एकजना नर्सलाई घाँटी च्यापेर आक्रमण गरेको र अन्यलाई पनि साँघातीक आक्रमण गरेको अभियोग लगाउँदै बाँके प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गराएको हो ।

उनीहरु विरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको बाँकेका प्रहरी प्रवक्ता नायव प्रहरी उपरिक्षक सुभास खड्काले बताए । उनीहरुलाई आजै प्रहरीले अदालतबाट म्याद थप गराई अनुसन्धान गरिरहेको डीएसपी खड्काले बताए ।

कोरोना संक्रमण भई भेरी अस्पतालमा उपचार गराईरहेका दाङका डिल्ली बहादुर रावतको बिहिबार राती मुत्यु भएपछि मृतकका भाई मानबहादुर रावत र छोराहरु भरत राउत र लोकराज रावत समेतले अस्पतालका नर्सिङ स्टाफ सुदिक्षा गैरेको घाँटी च्यापेर मार्न खोजेका थिए भने डा. चन्द्रप्रकाश शाहु, नर्सहरु बन्दना श्रेष्ठ र आश्वीनी गुरुङलाई सांघातीक आक्रमण गरेका थिए । उनीहरु आक्रमणकारीबाट ज्यान जोगाउन बाथरुमको झ्याल फोडेर पहिलो तलाबाट हाम्फालेका थिए ।

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने मृतकका भाई तुलसीपुरका मानबहादुर रावत र छोराहरु भरत राउत र लोकराज रावतमाथि मुद्दा दर्ता भएको र अन्यको खोजि भईरहेको डीएसपी खड्काले बताए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ४ : ४० बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित