१५ माघ २०८२, बिहिबार | January 30, 2026

रहेनन् नेपालगन्जका पुराना कपडा व्यवसायी जगदिश बैश्य



नेपालगन्ज । नेपालगन्जका पुराना व्यवसायी जगदिश प्रसाद बैश्यको निधन भएको छ । नेपालगन्जमा झण्डै २ पुस्तादेखि कपडाको पसल गर्दै आएका बैश्यको ६८ वर्षको उमेरमा आज हृदयघाटबाट मृत्यु भएको हो । बैश्य लामो समयदेखि अस्वस्थ थिए । उनी मुटु सहित लिभरका समेत बिरामी थिए ।

बैश्यको बुवा मङ्ल प्रसाद बैश्यको पाला देखि कपडाको पसल गर्दै आएका बैश्य परिवार नेपालगन्जको धेरै सामाजिक संस्थाहरुमा पनि आवद्ध रहँदै आएका थिए । नेपालगन्जमा औपचारीक बजार स्थापना हुनु पूर्व हातबजार हुँदाको अवस्था देखि नै बैश्य परिवार कपडाको व्यवसायमा आवद्ध रहेका थिए ।

कशौधन बैश्य समाजका संस्थापक बैश्य, हृदय रोग निवारण केन्द्र, नेपालगन्ज उद्योग ब्यापार संघ, रामलिला संचालक समिति जस्ता दर्जन बढी संघसंस्थाहरुमा नेतृत्व गरेका बैश्यको निधनले नेपालगन्जको एउटा गहना गुमेको बैश्यका सहपाठी बालकृष्ण रस्तोगीले बताए ।

जगदिश बैश्यले नै ब्यापार सहित सामाजिक उत्तरदायित्व निभाउन आवश्यक रहेको जनचेतना नेपालगन्जमा प्रचार गरेको नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्यले बताए । स्वर्गिय बैश्यका एक श्रीमती र ३ छोरा छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ६ : ०९ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला