१० चैत्र २०८२, मंगलबार | March 24, 2026

वैकल्पिक विधिबाट एसईई परीक्षा गराउन बोर्डले माग्यो अनुमति



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक विधिबाट सञ्चालन गर्ने व्यवस्थाका लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।

नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरले आइपरेको संकटका कारण स्थगित एसईई परीक्षा गर्न अझै पनि संक्रमण कम नभएको र विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउन असम्भव देखिएकोले वैकल्पिक विधिबाट परीक्षा गर्नको लागि मन्त्रालयसँग अनुमति मागेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । यसबारे मन्त्रालयले कसरी गर्ने भन्ने निर्णय दिएपछि प्रक्रिया अघि बढ्ने उनको भनाई छ ।

यस वर्षको एसईई परीक्षा जेठ १३ गतेदेखि हुने कार्यतालिका थियो । एसईईका लागि प्रश्नपत्र छपाइको काम यसअघि नै सकिसकेको थियो । ५ लाख १७ हजार विद्यार्थी एसईई परिक्षा दिने तयारीमा छन् । यस्तै, जेठ २६ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा पनि स्थगित भएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ८ : ४५ बजे

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी