१० चैत्र २०८२, मंगलबार | March 24, 2026

ताप्लेजुङको फुङलिङ नगरपालिकामा थपियो निषेधाज्ञाको अवधि



ताप्लेजुङ । जिल्लाको फुङलिङ नगरपालिकामा निषेधाज्ञाको अवधि थप गरिएको छ । यसअघि तेस्रोपटक थप गरिएको अवधि सकिनै लाग्दा जिल्ला प्रशासन कार्यालयले पुन अवधि थप गर्दै यही जेठ २४ गतेसम्म निषेधाज्ञा जारी रहने जनाएको छ ।

यसअघि जेठ १७ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप भएको थियो । सङ्क्रमणको अवस्था सामान्यतर्फ नफर्किएकाले यसको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञाको अवधि बढाइएको प्रशासनले जनाएको छ । निषेधाज्ञा जारी भएका क्षेत्रमा अनावश्यक हिंड्डुल नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

यसैबीच सिरिजङ्घा गाउँपालिकाले अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ । केही दिनयता गाउँपालिकाभित्रै कोभिड—१९ को सङ्क्रमण फैलिरहेकाले यसको रोकथाम र नियन्त्रणका लागि अत्यावश्यकबाहेकका सेवा यही जेठ २२ गतेसम्म स्थगित गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँ कार्यपालिकाको कार्यालय, माताहतका सबै वडा र नेपाल बैंक लिमिटेडबाट प्रवाह हुँदै आएका सेवा स्थगित गरिएको हो । यसअघि समेत उक्त सेवाहरु स्थगित गरिएको थियो ।

यस्तै जेठ २२ गतेसम्म यात्रुवाहक सवारीसाधनको आगमनमा पूर्णरुपले रोक लगाइएको समेत जनाइएको छ । सङ्क्रमण दिनानुदिन बढिरहेकाले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सर्वसाधारण सबैलाई गाउँपालिकाले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ८ : ५३ बजे

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि