६ पुस २०८२, आइतबार | December 21, 2025

भारी वर्षा हट्दै, हल्कादेखि मध्यम कायमै



काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा केही दिन अघि भारी वर्षा हुँदा ठाउँठाउँमा क्षति पुर्‍याएको भए पनि आजदेखि त्यो क्रम भने घट्दो रहेको छ ।

यद्यपि हल्कादेखि मध्यम वर्षा भने कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । “भारी वर्षा खासै छैन, हल्कादेखि मध्यम वर्षा ठाउँठाउँमा भइरहन्छ”, उनले थपे, “तर मौसम सुध्रने क्रममा छ ।”

अहिले पनि काठमाडौंको केही भेगसहित उपत्यकाको पूर्व क्षेत्रमा वर्षा भइरहेको छ । यस्तै प्रदेश १ र बागमती प्रदेशका केही भूभागमा पनि पानी परिरहेको छ । काठमाडौं केही क्षेत्रमा पानी पर्ने र केही क्षेत्रमा नपर्ने अवस्था देखिएको छ । दिउँसो भने खुलेको थियो ।

पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा मौसम वदली भइरहेको हो । यसअघि बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’को प्रभाव कमजोर भएको छ । तर सामान्य असर बाँकी नै छ ।

आगामी तीन दिन मौसममा बदली भने कायम रहेको अर्यालले जानकारी दिए । पहाडी भू-भागका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, गण्डकी र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भएको छ ।

आजराति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, बागमतीका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमवार भने देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, बागमती र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मध्यमसम्म पानी पर्ने जनाइएको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, बागमतीका थोरै स्थानमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

मङ्गलवार भने देशका अधिकांश भू-भागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ९ : ११ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको