१० चैत्र २०८२, मंगलबार | March 24, 2026

भारी वर्षा हट्दै, हल्कादेखि मध्यम कायमै



काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा केही दिन अघि भारी वर्षा हुँदा ठाउँठाउँमा क्षति पुर्‍याएको भए पनि आजदेखि त्यो क्रम भने घट्दो रहेको छ ।

यद्यपि हल्कादेखि मध्यम वर्षा भने कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । “भारी वर्षा खासै छैन, हल्कादेखि मध्यम वर्षा ठाउँठाउँमा भइरहन्छ”, उनले थपे, “तर मौसम सुध्रने क्रममा छ ।”

अहिले पनि काठमाडौंको केही भेगसहित उपत्यकाको पूर्व क्षेत्रमा वर्षा भइरहेको छ । यस्तै प्रदेश १ र बागमती प्रदेशका केही भूभागमा पनि पानी परिरहेको छ । काठमाडौं केही क्षेत्रमा पानी पर्ने र केही क्षेत्रमा नपर्ने अवस्था देखिएको छ । दिउँसो भने खुलेको थियो ।

पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा मौसम वदली भइरहेको हो । यसअघि बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’को प्रभाव कमजोर भएको छ । तर सामान्य असर बाँकी नै छ ।

आगामी तीन दिन मौसममा बदली भने कायम रहेको अर्यालले जानकारी दिए । पहाडी भू-भागका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, गण्डकी र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भएको छ ।

आजराति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, बागमतीका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमवार भने देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, बागमती र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मध्यमसम्म पानी पर्ने जनाइएको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, बागमतीका थोरै स्थानमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

मङ्गलवार भने देशका अधिकांश भू-भागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ९ : ११ बजे

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी