१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

अर्थमन्त्रीको गिट्टी, ढुंगा, बालुवा निर्यात गरि व्यापार घाटा कम गर्ने प्रस्ताव विरुद्ध सर्वोच्चमा रिट दायर



काठमाडौं । सरकारले ल्याएको गिट्टी, ढुंगा, बालुवा निर्यात गरि व्यापार घाटा घटाउन बजेट प्रस्ताव विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । गिट्टी, ढुंगा, बालुवा निर्यात गर्ने नीति कार्यान्वयन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतमा दायर गरेको रिट निवेदन सर्वोच्च अदालत रिट महाशाखाले दर्ता प्रक्रियामा रहेको जनाएको छ ।

ब्यापार घाटा कम गराउने नाममा नेपालको जलश्रोतको जीवनदायिनी चुरेक्षेत्र तहसनहस पार्ने गरी खनिजजन्य पादार्थ निकासी गर्ने गरि ल्याईएको बजेटको उक्त बुँदा नै खारेजीको रिट निवेदनमा माग गरिएको छ । त्यस्तै रिटमा सरकारको सो निर्णय लागू नगर्न नगराउन तत्कालन अन्तरिम आदेश मागिएको छ । संविधान र वातावरण संरक्षण ऐनविपरीत सरकारले वातावरण सखाप पार्ने गरी निर्णय गरेकोले यसलाई बदर गर्नुपर्ने रिट निवेदनमा उल्लेख छ ।

संविधानको धारा ३० मा नागरिकले स्वच्छ एवं स्वस्थ वातावरणमा बाँच्न पाउनुपर्ने हकको व्यवस्था भए पनि सरकारको निर्णयले यो हकको हनन् भएकोले निर्णय बदर गर्न भनिएको छ । सरकारको यस्तो निर्णयले आधा जनसंख्या बसोबास गर्ने नेपालको तराई क्षेत्र मरुभूमिमा परिणत हुनेसमेत रिटमा दाबी गरिएको छ ।

१५ जेठमा सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा गिट्टी ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने उल्लेख गरेको छ । यसका साथै खनिजजन्य यस्ता उद्योगदेखि निकासी बिन्दुसम्म रोप–वे निर्माण गर्ने सामग्री आयातमा भन्सार छुट दिनेसमेत बजेटमा उल्लेख छ ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ६ : ४१ बजे

नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल सञ्चालन हुँदै

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज

किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

सङ्खुवासभा । किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु १८ करोड

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

काठमाडौं । पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको

कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेपछि विवादास्पद व्यापारी