१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बन्दीपुर गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव माग



दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ ।

गाउँपालिकाले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम कस्तो बनाउने भन्ने विषयमा सम्पूर्ण राजनीतिक दल, सङ्घसंस्था, नागरिक सामज, गैरसरकारी संस्था, शिक्षक एवं स्वदेश तथा विदेशमा बस्ने नागरिकसँग सुझाव माग गरेको हो ।

प्रत्येक स्थानीय तहले असार १५ गते गाउँ वा नगरसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था बमोजिम स्थानीय तह यतिबेला बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा छन् ।

गाउँपालिकाले संविधानद्वारा स्थानीय तहलाई प्रदत्त अधिकार, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का प्रावधान, पन्ध्रौ योजना, दिगो विकासका लक्ष्यहरुको स्थानीयकरण तथा बन्दीपुर गाउँपालिकाको एकीकृत विकास गुरुयोजना २०७६-२०९६ का दीर्घकालिन सोच, लक्ष्य तथा उद्देश्यसँग तादम्यता हुने गरी आवश्यकताका आधारमा बजेट, नीति तथा कार्यक्रम बनाउने तयारी गरेको छ ।

सोही सम्बन्धमा जेठ २७ गतेभित्र सबैले गाउँपालिकालाई सुझाव दिन सक्ने प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए । “गाउँपालिकाको नीति तथा कार्यक्रम, बजेट कस्तो बनाउने भन्ने विषयमा सबैसँग नीतिगत सुझाव माग गरेका छौ”, उनले भने, “सङ्कलन भएका सुझावहरुलाई समेटेर नीति, कार्यक्रम तथा बजेट निर्माण गर्छौ ।” बजेट, नीति तथा कार्यक्रममा सबैको अपनत्व कायम गर्न खोजिएको उनले बताए । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जनताको आवश्यकता र मागका आधारमा आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम बनाइने जानकारी दिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ९ : ३५ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण