१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

राजेन्द्र महतोको कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन : वामदेव गौतम



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं एकता अभियानका संयोजक वामदेव गौतमले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको भनाई प्रति दुःख व्यक्त गरेका छन् ।

आज सामाजिक सञ्जालमा धारणा पोष्ट गर्दै उपाध्यक्ष गौतमले संविधानको मर्म विपरित काम गर्ने छैन भनेर सपथ खाएको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहु राज्य बनाउने भनाई प्रति दुःख व्यक्त गरेका हुन् ।

उपाध्यक्ष गौतमले नेपालको संविधानको धारा ३ मा नेपाल अनेकौं विशेषता सहितको राष्ट्र भएको स्पष्ट लेखिएको समेत बताएका छन् । ‘नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो ।’ गौतम लेख्छन् – ‘राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन ।’

उनले प्रधानमन्त्री श्री केपी ओलीले महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको प्रति आश्चार्य समेत प्रकट गरेका छन् ।

सुरुमा नेकपा मिलाउने भन्दै र त्यसपटि एमाले मिलाउने भन्दै अभियान चलाएर हिँडेका गौतम पछिल्लो समय भने मौन बस्दै आएका थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  २ : ४६ बजे

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज

नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल सञ्चालन हुँदै

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज

किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

सङ्खुवासभा । किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु १८ करोड

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

काठमाडौं । पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको