७ पुस २०८२, सोमबार | December 22, 2025

तस्करी हुन लागेको काठ प्रहरीद्वारा बरामद



सर्लाही । सर्लाहीको बाँके वन क्षेत्रबाट तस्करी भएका काठ र सो कार्यमा संग्लग्न ट्याक्टरलाई सव डिभिजन वन कार्यालय माइस्थान, महोत्तरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित फूलजोरबाबा साझेदारी वन उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई घरायसी प्रयोजनका लागि बिक्री गरेको सालको गोलिया तस्करी हुँदै गरेको अवस्थामा बरामद भएको वन कार्यालय, माईस्थानका प्रमुख भीमविक्रम खड्काले जानकारी दिए ।

उपभोक्तहरु नरेश महत्तो, मित्रदेवी हजाम, वरुणकुमार चौधरी, विराट चौधरी र प्रमोद चौधरीलाई समितिले आ-आफ्नो घर लैजान छुटपूर्जी दिएर काठ लोड गरी पठाइएकामा उनीहरुले १ त ८८७४ नम्बरको ट्याक्टरमा लोड गरी महोत्तरीतर्फ लाँदै गर्दा आफूहरुको गस्ती टोलीले चालक र एक सय ६७ दशमलव ९० क्युविक फिट सालको गोलिया बरामद गरेको प्रमुख खड्काले बताए ।

समितिका अध्यक्ष सुरेन्द्र महतोसहित पदाधिकारी र घरायसी प्रयोगका लागि काठ किनेका उपभोक्तालाई बोलाएर अनुसन्धान शुरु गरिएको डिभिजन वन कार्यालय सर्लाहीका सूचना अधिकारी राकेश रन्जन दासले जानकारी दिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ६ : २६ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८