८ बैशाख २०८१, शनिबार | April 20, 2024

निषेधाज्ञा र सीमामा कडाईले रोकेन लागु औषधको कारोवार, कञ्चनपुरमा ठुलो परिमाणमा लागु औषध फेला



महेन्द्रनगर । जिल्लामा निषेधाज्ञा र सीमानाकामा प्रशासनका कडाई भएपनि नेपाल भारत सीमाको कञ्चनपुरमा लागु औषधको कारोबरमा कमी आउन सकेको छैन । प्रहरीले हरेकदिन जसो सानो परिमाणको लागु औषध र त्यसको सेवनकर्ताहरुलाई पक्राउ गर्दै लागु औषध बरामद गरेपनि मुख्य सप्लायर्श सम्म भने प्रहरी पुग्न सकेको छैन ।

लागु औषध कारोवारमा केहि नेपाली युवाहरु सहित भारतीयहरुको पनि संलग्नता रहेको छ । बन्द बार्डरमा खुल्लेआम भारतबाट आएर नेपालीहरुलाई ब्राउन सुगर बेच्ने एक भारतीयलाई भने कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर दोधारा(चाँदनी १ पक्कीपुल नजिकै मोटरसाईकलमा सवार जिल्ला चम्फावत भजनपुर ग्राम बस्ने बर्ष २१ को अमन चन्दलाई खैरो हेरोईन सहित प्रहरीले पक्राउ गरेको छ । चन्दसँग ११ ग्राम ८७ मिलीग्राम खैरो हेरोईन बरामद भएको प्रहरीले जनाएको छ ।

सोही दिन दोधारा(चाँदनी ९ बुद्धनगरबाट स्थानीय आदिप मगर र सार्थक शर्मालाई पनि ६० मिलीग्राम खैरो हेरोईन सहित पक्राउ गरेको थियो । उनीहरुले सो हेरोईन पक्राउ परेका भारतीय नागरिक चन्दबाट खरिद गरेको प्रहरीले आशंका गरेको छ ।

पक्राउ परेकाहरुलाई लागु औषध ओसार पसार तथा बिक्रिको कसुरमा मुद्दा चलाई अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरी प्रवक्ता डीएसपी अमरबहादुर थापा क्षेत्रीले बताए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  १० : २४ बजे

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका