२८ भदौ २०८३, आइतबार | September 13, 2026

निषेधाज्ञा र सीमामा कडाईले रोकेन लागु औषधको कारोवार, कञ्चनपुरमा ठुलो परिमाणमा लागु औषध फेला



महेन्द्रनगर । जिल्लामा निषेधाज्ञा र सीमानाकामा प्रशासनका कडाई भएपनि नेपाल भारत सीमाको कञ्चनपुरमा लागु औषधको कारोबरमा कमी आउन सकेको छैन । प्रहरीले हरेकदिन जसो सानो परिमाणको लागु औषध र त्यसको सेवनकर्ताहरुलाई पक्राउ गर्दै लागु औषध बरामद गरेपनि मुख्य सप्लायर्श सम्म भने प्रहरी पुग्न सकेको छैन ।

लागु औषध कारोवारमा केहि नेपाली युवाहरु सहित भारतीयहरुको पनि संलग्नता रहेको छ । बन्द बार्डरमा खुल्लेआम भारतबाट आएर नेपालीहरुलाई ब्राउन सुगर बेच्ने एक भारतीयलाई भने कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर दोधारा(चाँदनी १ पक्कीपुल नजिकै मोटरसाईकलमा सवार जिल्ला चम्फावत भजनपुर ग्राम बस्ने बर्ष २१ को अमन चन्दलाई खैरो हेरोईन सहित प्रहरीले पक्राउ गरेको छ । चन्दसँग ११ ग्राम ८७ मिलीग्राम खैरो हेरोईन बरामद भएको प्रहरीले जनाएको छ ।

सोही दिन दोधारा(चाँदनी ९ बुद्धनगरबाट स्थानीय आदिप मगर र सार्थक शर्मालाई पनि ६० मिलीग्राम खैरो हेरोईन सहित पक्राउ गरेको थियो । उनीहरुले सो हेरोईन पक्राउ परेका भारतीय नागरिक चन्दबाट खरिद गरेको प्रहरीले आशंका गरेको छ ।

पक्राउ परेकाहरुलाई लागु औषध ओसार पसार तथा बिक्रिको कसुरमा मुद्दा चलाई अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरी प्रवक्ता डीएसपी अमरबहादुर थापा क्षेत्रीले बताए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  १० : २४ बजे

बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना

नेपालगन्ज । जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु

ठूला ढुङ्गा पन्छाएर तुइनखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

नारायणगढ । नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष

९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ छनोट

काठमाडौं । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ

ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई),