१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

प्रदेश १ को बजेट अधिवेशन आजबाट



विराटनगर । प्रदेश १ को बजेट अधिवेशन आज सोमबाटबाट सुरु हुँदैछ ।

बजेट अधिवेशनको पहिलो बैठक दिउँसो २ बजेबाट बोलाइएको छ । आजको बैठकमा राजनीतिक दलका नेताहरुले मन्तव्य राख्ने कार्यसूची रहेको छ । त्यसपछि बैठकमा आर्थिक कार्यविधि ऐन दोस्रो संशोधन अध्यादेश पेश हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । पूर्वबजेट छलफल सीमित बनाउन सरकारले अध्यादेश ल्याएको भन्दै विपक्षीहरुले आलोचना गरेका छन् ।

कोरोनाको बहानामा अध्यादेशबाटै बजेट ल्याउने तयारी गरेको प्रदेश सरकारले विपक्षीहरुको तीब्र दबाब परेपछि मात्र संसदको नियमित अधिवेशन बोलाउन बाध्य भएको थियो । असार १ गते प्रदेशको बजेट ल्याउनै पर्ने संवैधानिक प्रावधान छ । त्यसको १५ दिनअघि नै प्रिबजेट छलफल हुनुपर्नेमा अधिवेशनै आजबाट सुरुभएपछि छलफलको समय साँघुरिएको छ ।

यसअघि गत बैशाख ५ गते हिँउदे अधिवेशन विपक्षीहरुको अवरोधका बीच सकिएको थियो

 

 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ९ : ०८ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज