६ पुस २०८२, आइतबार | December 21, 2025

एमाले उपाध्यक्ष वामदेव गौतमले गरे २०७५ जेठ २ पूर्वको स्थायी समिति बैठकको माग (विज्ञप्ति सहित)



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं एकता अभियानका संयोजक वामदेव गौतमले पार्टी एकताका लागि २०७५ जेठ २ अगाडिको स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।

गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै २०७५ जेठ २ गते कायम रहेका स्थायी समिति बैठक बोलाउन आग्रह गरेका हुन् ।गौतमले छिटोभन्दा छिटो २०७५ जेठ २ गते कायम रहेको नेकपा (एमाले) को दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरुमा छलफल गरी सही मार्गदर्शन गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।

उनले विज्ञप्तिमा सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना वा विघटन सदर जुनसुकै फैसला आए पनि एमाले एकताबद्ध एमाले आवश्यक रहेको समेत बताएका छन् । ‘सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटित प्रतिनिधिसभा पुनस्र्थापना वा प्रधानमन्त्रीको कदमलाई सदर गरेको अवस्थामा निर्वाचनमा जान परे पनि दुबै अवस्थाका चुनौतिलाई सामना गर्न एकतावद्ध नेकपा ९एमाले० तयार छ भन्ने सन्देश दिने गरी छलाङ लगाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुपर्दछ,’ गौतमको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अध्यक्ष ओलीको पछिल्लो वक्तव्य कुटिल र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको भए पनि एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थाबाट अगाडि बढाइने भन्ने बुँदा सकारात्मक रहेको गौतमले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यस्ताे छ गाैतमकाे विज्ञप्ति :

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ८ : १४ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको