१७ माघ २०८२, शनिबार | January 31, 2026

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले प्रदेशसभामा जवाफ दिए, मत विभाजनको प्रक्रिया सुरु



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मतका लागि राखेको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन् । सुरुदेखि नै आफू संघीयताको पक्षमा जुधेर लागेको बताएका छन् ।

अरु प्रदेश भन्दा अब्बल रुपमा कार्यसम्पादन गरेको दाबी गर्दै उनले संघ सरकारले समेत गण्डकीका कार्यक्रमको अनुसरण गरेको बताए ।

शीर्ष नेताहरु जिम्मेवार रुपमा प्रस्तुत हुन नसक्दा राजनीतिक संटक निम्तिएको बताउँदै उनले भने-‘सबै पार्टीमा शीर्ष नेता जिम्मेवार रुपमा प्रस्तुत नहुँदा समस्या भएको हैन रु समस्या शीर्ष नेतृत्वमा छ । शीर्ष नेतृत्वमा जिम्मेवार रुपमा प्रस्तुत हुन सकेनन् ।’

राजनीतिक संकटका कारण लोकतन्त्र नै संकटमा परेको उनको भनाई छ । मुख्यमन्त्री भने-‘पछिल्लो समय राजनीतिक दल जसरी खण्डित अवस्थामा छन् यो राम्रो होइन । यसले लोकतन्त्र संकटमा पर्दै गएको छ ।’ मुख्यमन्त्री गुरुङले लोकतन्त्रको रक्षाका लागि सबैले भूमिका निर्वाह गर्नुपर्ने बेला भएको बताएका छन् ।

छलफल समाप्तिसँगै अब मत विभाजनको प्रक्रिया सुरु भएको छ ।

६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीसँग २७ मत छन् । मुख्यमन्त्रीले मन्त्री बनाएका राजीव गुरुङ (दीपक मनाङे) ले उनको साथ छोड्ने बताएका छन् । बहुमतका लागि ३१ मत चाहिन्छ । कतैबाट फ्लोर क्रस नभएमा मुख्यमन्त्रीको पद नजोगिनी निश्चित छ ।

वैशाख २६ मा राजीनामा दिएमा मुख्यमन्त्री गुरुङ २९ गते पुन नियुक्त भएका थिए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले उनले संसदको फेस गरेका हुन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ५ : ३० बजे

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

इक्यान रुपन्देहीद्वारा केन्द्रीय समितिको नव निर्वाचित नेतृत्व सम्मान

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले इक्यान केन्द्रीय

नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा खेलकुद पत्रकारिता र फोटो पत्रकारिता पुरस्कार स्थापना

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले पत्रकारिताको विविध विधामा

‘आलु बिक्री गर्न बजारको समस्या छैन’

रामेछाप । सुनकोशी गाँउपालिका-३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान