११ चैत्र २०८२, बुधबार | March 25, 2026

एमाले विवाद : मिलनबिन्दु खोजी तीव्र



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद चर्किंदै गएपछि दोस्रो पुस्ताका नेता मिलनबिन्दु खोज्न तीव्र दौडधूपमा छन् । शीर्षनेता आआफ्नो अडानमा अडिग भएपछि पार्टी एक्ताका लागि सक्रिय दोस्रो पुस्ताका नेताले विभिन्न प्रस्तावमाथि छलफल गरिरहेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वमहासचिव माधवकुमार नेपालबीचको विवादका कारण पार्टी विभाजन संघारमा पुगेपछि दोस्रो पुस्ताका नेता मिलाउने प्रयासमा छन् । केन्द्रमा देखिएको विवाद आगोझैं प्रदेशदेखि स्थानीय तहसम्म पुगिसकेकाले त्यसको नोक्सानी प्रत्यक्ष रूपमा पार्टी र शीर्षनेताले नै भोग्नुपरेको छ ।

उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका एमाले नेता विष्णु पौडेलले एक्ताका लागि अन्तिमसम्म प्रयास जारी नै रहेको बताए । पार्टी नेता, कार्यक्र्ता अहिले पनि एक्ताको पक्षमा रहेकाले विभाजनमा गर्न खोज्नेलाई कसैले साथ नदिने उनले उल्लेख गरे ।

‘पार्टी विभाजन गर्ने सबै गतिविधि सम्पूर्ण रूपमा असफल बनाउँछौं, नेताकार्यक्र्ता कोही पनि विभाजन पक्षमा रहेको देखिँदैन,’ पौडेलले भने, ‘पार्टी एक्ताका लागि हामी अन्तिमसम्मको प्रयास जारी नै राख्छौं । विभाजन गर्ने काम कोही कसैका लागि राम्रो हुन सक्दैन ।’

नेपाल समूहले पठाएको पत्र अत्यन्त गम्भीर प्रकृतिको रहेको पनि पौडेलले बताए । पार्टी अध्यक्ष ओलीले उदार र खुला विचारसाथ एकताका लागि गरेको आह्वान अस्वीकार गर्नुले नेपाल समूह एकता पक्षमा नरहेको बुझ्न बाध्य बनाएको उनले औंल्याए । आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ६ : १५ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण