१७ माघ २०८२, शनिबार | January 31, 2026

विश्वकप फुटबल छनोट : आज नेपालले अष्ट्रेलियासंग सामना गर्दै



काठमाडौं । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियाको सामना गर्दैछ । खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ ।

नेपाल आजको खेलमा एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियालाई रोक्ने प्रयासमा छ भने अष्ट्रेलिया सहज जितको खोजीमा छ । नेपाल विश्वकप छनोटमा अघि बढ्ने सम्भावना सकिएपनि एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने प्रयासमा छ ।

यस्तै, पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया भने नेपाललाई हराएर विश्वकपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ । खेलको पूर्वसन्ध्यामा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको लक्ष्य नतिजा भन्दा पनि राम्रो प्रदर्शन गर्ने रहेको बताएका छन् ।

जारी विश्वकप छनोट अन्तर्गत नै नेपालले सन् २०१९ मा अष्ट्रेलियासँग खेलेको थियो । जसमा नेपाल ५-० ले पराजित भएको थियो । अष्ट्रेलियाले समूह चरणको ६ खेलमा शत प्रतिशत जितको नतिजासाथ १८ अंक जोडेको छ । यता नेपाल ६ अंकसहित चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ८ : ५२ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक