१७ माघ २०८२, शनिबार | January 31, 2026

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामाग्री सहयोग



काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई पुनः स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

सैनिक मुख्यालयमा आयोजिक एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वत्राले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

प्रधानसेनापति पूर्णचन्द्रलाई हस्तान्तरण गरिएका ती स्वास्थ्य सामग्रीमा भेन्टिलेटर, आईसीयू बेड, पीपीई सेट, एम्बुलेन्स लगायतका रहेको नेपाली सेनाले जनाएको छ ।

कोरोना महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यले भारतीय सेनाले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

त्यसअवसरमा प्रधानसेनापति थापाले भारतीय राजदूतलाई सहयोगका लागि आभार तथा धन्यवाद प्रकट गरेका थिए । भारतीय सेनाले यसअघि नेपाली सेनालाई एकलाख डोज कोभिसिल्ड खोप सहयोग गरेको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  १ : ५७ बजे

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष बिष्णुप्रसाद

अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई

घोषणापत्रमा ‘भिजन-१०’ समेट्दै कांग्रेस, सुशासन र कार्यान्वयन योग्य योजनामा जोड

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने चुनावी

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

मुस्ताङ । भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ