७ पुस २०८२, सोमबार | December 22, 2025

शताब्दी पुरुष सत्यमोहन जोशीको किष्टमा उपचार हुँदै



ललितपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको छातीमा समस्या देखिएपछि बुधबार साँझदेखि ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ ।

‘छाती दुख्यो’, अलि गाह्रो पनि भयो’ भनी उपचार गर्न आउँदा छातीमा निमोनिया देखिएपछि भर्ना गरिएको कलेजका निर्देशक सुरज बज्राचार्यले बताए । उनले भने, “आज उहाँको अवस्था सामान्य भइसकेको छ । साविक सरह खानपिन पनि गर्न थालिसक्नुभयो । कोरोना पो भयो कि १ भनेर जचाउँदा रिपोर्ट पनि नेगेटिभ आइसक्यो ।” थप अन्य केही समस्या छ कि भनेर पुनः बुझ्ने क्रम जारी रहेको बज्राचार्यले जानकारी गराए ।

छातीमा अप्ठयारो महसुस भएपछि यही जेठ २६ गते अस्पताल लैजाँदा सानो दाग देखिएकाले भर्ना गरिएको उनका भतिज अजरमान जोशीले बताए । उनले भने, “म आज भेट्न जाँदा उहाँको स्वास्थ्यमा निकै सुधार भएको पाएँ ।” आउँदो आइतबार उहाँलाई अस्पतालले डिस्चार्ज गर्ने सम्भावना देखेको जोशीको भनाइ छ ।

गत वैशाख ३० देखि जोशी १०१ वर्ष पूरा गरी १०२ वर्षमा प्रवेश गरेका छन् । मुलुकमा बढ्दै गइरहेको दोस्रो लहरको कोरोना महामारीका बीच जोशी निवास बखुम्बहाल पुगेर उनको जन्मोत्सवका अवसरमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका थिए ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षणमा विशेष योगदान दिँदै आएका जोशीले आफ्ना जीवनमा तीन पटक मदन पुरस्कारसहित विभूषण, पदक तथा विभिन्न पुरस्कार पाइसकेका छन् । जोशी जीवितै रहँदा केही समय पहिला उनको मुहार अङ्कित रु १० को हुलाक टिकट पनि प्रकाशन भइसकेको छ । यसैगरी जोशीको नाममा नेपाल राष्ट्र बैंक टक्सार महाशाखाबाट उनको तस्वीर अङकित चाँदीको विभिन्न सिक्कासमेत निस्कासन भइसकेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ८ : ४२ बजे

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार