११ चैत्र २०८२, बुधबार | March 25, 2026

शताब्दी पुरुष सत्यमोहन जोशीको किष्टमा उपचार हुँदै



ललितपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको छातीमा समस्या देखिएपछि बुधबार साँझदेखि ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ ।

‘छाती दुख्यो’, अलि गाह्रो पनि भयो’ भनी उपचार गर्न आउँदा छातीमा निमोनिया देखिएपछि भर्ना गरिएको कलेजका निर्देशक सुरज बज्राचार्यले बताए । उनले भने, “आज उहाँको अवस्था सामान्य भइसकेको छ । साविक सरह खानपिन पनि गर्न थालिसक्नुभयो । कोरोना पो भयो कि १ भनेर जचाउँदा रिपोर्ट पनि नेगेटिभ आइसक्यो ।” थप अन्य केही समस्या छ कि भनेर पुनः बुझ्ने क्रम जारी रहेको बज्राचार्यले जानकारी गराए ।

छातीमा अप्ठयारो महसुस भएपछि यही जेठ २६ गते अस्पताल लैजाँदा सानो दाग देखिएकाले भर्ना गरिएको उनका भतिज अजरमान जोशीले बताए । उनले भने, “म आज भेट्न जाँदा उहाँको स्वास्थ्यमा निकै सुधार भएको पाएँ ।” आउँदो आइतबार उहाँलाई अस्पतालले डिस्चार्ज गर्ने सम्भावना देखेको जोशीको भनाइ छ ।

गत वैशाख ३० देखि जोशी १०१ वर्ष पूरा गरी १०२ वर्षमा प्रवेश गरेका छन् । मुलुकमा बढ्दै गइरहेको दोस्रो लहरको कोरोना महामारीका बीच जोशी निवास बखुम्बहाल पुगेर उनको जन्मोत्सवका अवसरमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका थिए ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षणमा विशेष योगदान दिँदै आएका जोशीले आफ्ना जीवनमा तीन पटक मदन पुरस्कारसहित विभूषण, पदक तथा विभिन्न पुरस्कार पाइसकेका छन् । जोशी जीवितै रहँदा केही समय पहिला उनको मुहार अङ्कित रु १० को हुलाक टिकट पनि प्रकाशन भइसकेको छ । यसैगरी जोशीको नाममा नेपाल राष्ट्र बैंक टक्सार महाशाखाबाट उनको तस्वीर अङकित चाँदीको विभिन्न सिक्कासमेत निस्कासन भइसकेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ८ : ४२ बजे

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक

सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर । बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो

दासत्व पीडितहरूको स्मृति दिवस आज

काठमाडौं । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित