११ चैत्र २०८२, बुधबार | March 25, 2026

पहिलो हाफमा नेपालविरुद्ध अष्ट्रेलियाको अग्रता, रोहितलाई रातो कार्ड



काठमाडौं । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज बलियो टिम अष्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा शुक्रबार राति भएको खेलको पहिलो हाफमा नेपालविरुद्ध अष्ट्रेलियाले २-० को अग्रता लिएको छ । अष्ट्रेलियाका लागि खेलको छैटौँ मिनेटमा माथे लेक्कीले गोल गर्दै सुरुवाती अग्रता दिलाए । त्यसपछि ३८औँ मिनेटमा फ्रनज कारासिकले गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर पारे ।

यस्तै, नेपाललाई धक्कासमेत लागेको छ । ४५औँ मिनेटमा डिफेण्डर रोहित चन्द रातो कार्ड खाँदै मैदानबाट बाहिरीएपछि नेपाल १० खेलाडीमा समेटिएको छ । पेनाल्टी क्षेत्र बाहिर वन भर्सेस वनको स्थितिमा अघि बढेको अवस्थामा मार्टिन बोएललाई फल गरेको भन्दै रेफ्रीले रोहितलाई रातो कार्ड देखाएका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  १० : ४८ बजे

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक

सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर । बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो

दासत्व पीडितहरूको स्मृति दिवस आज

काठमाडौं । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित