७ पुस २०८२, सोमबार | December 22, 2025

विपद व्यवस्थापनको पूर्व तयारीमा जुट्दै वालिङ नगरपालिका



वालिङ । विपद्का कारण हुनसक्ने जनधनको क्षतिलाई न्यूनिकरण गर्नका लागि वालिङ नगरपालिकाले पूर्व तयारी थालेको छ ।

विश्वव्यापी महामारीकोरुपमा फैलिरहेको कोभिड-१९ को नयाँ भेरियन्टसहितको दोस्रो लहरको व्यवस्थापनमा सक्रिय रहेको नगरपालिकाले जलवायु परिवर्तनका कारण हुनसक्ने संभावित क्षतिको न्यूनिकरणका लागि आवश्यक तयारीमा जुटेको हो ।

नगरप्रमुख एवं नगरस्तरीय विपद् व्यवस्थापन समितिका संयोजक दिलीपप्रताप खाँणको अध्यक्षतामा शुक्रबार बसेको बैठकले वर्षात्का समयमा बाढी, पहिरोका कारण हुनसक्ने जनधनको क्षति न्यूनिकरणलाई मध्यनजर गर्दै आवश्यक तयारीमा जुटेको हो । “गतवर्षभन्दा यसवर्ष पानी धेरै आउने जल तथा मौसमविदहरुले पूर्वानुमान गरे अनुसार वालिङमा बाढी तथा पहिरो गई क्षति हुनसक्ने भएकाले जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा सार्ने छौं”, नगरप्रमुख खाँणले भने, “जोखिमयुक्त बस्तीलाई स्थायीरुपमा सुरक्षित स्थानमा स्थानान्तर कार्यमा लागिरहेका छौं, वर्षा अघि काम पूरा नभएकाले फेरि पनि अस्थायीरुपमा जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा सारेर जीउधनको सुरक्षा गर्ने छौं ।”

बाढी पहिरो जस्ता दैवी विपत्तीका कारण यहाँका नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले विपद् पूर्वको तयारीका साथै पछिको उद्दार लगायतको व्यवस्थापनका लागि जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सवारी साधनहरु, सवारी चालकलाई ‘हाई अलर्ट’ मा राख्ने गरी तयारी गरिएको छ ।

वर्षाका कारण ग्रामीण भेगमा जाने सडकहरु पहिरोका कारण बन्द हुन सक्ने भएकाले नगरपालिका तथा अन्य कम्पनीका डोजर, स्क्याभेटर समन्वय गरी बाटो सूचारु गर्ने, जुनसुकै बेला पनि समस्या आउन सक्ने भएकाले सवारी चालक तथा साधनको व्यवस्थापन गर्ने र विपद पछिका कार्यमा उद्दारका लागि जनप्रतिनिधि, सुरक्षाकर्मीहरु, स्वास्थ्यकर्मीहरुको संयुक्तरुपमा ३÷४ समूह बनाएर राख्ने र तत्काल परिचालन गर्ने निर्णय गरेको छ ।

“नागरिकको जीउधनको सुरक्षाप्रति स्थानीय सरकारकोरुपमा रहेको नगरपालिका प्रतिबद्ध छ”, उनले भने, “नगरका कुनैपनि भागमा घटना घटेको खबर पाउनासाथै आवश्यक जनशक्ति तथा उपकरणसहित पुग्ने गरी समूहहरु निर्माण गरिएको छ ।” उद्दार कार्यमा आवश्यक पर्ने सामग्रीहरु नगरपालिकाले खरिद गर्ने निर्णय भएको सशस्त्र प्रहरी बल ३० नं. गुल्म वालिङका गुल्मपति मोहन न्यौपानेले बताए ।

सशस्त्र प्रहरी तथा जनपथ प्रहरीले उद्दार कार्यका लागि अति आवश्यक पर्ने सामग्रीहरुको सूचि तयार पारी नगरपालिकालाई बुझाउने र नगरपालिकाले उक्त सामग्रीहरु केही दिनभित्रै खरिद गर्ने पनि गुल्मपति न्यौपानेले बताए । रासस

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ७ : २९ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र