१८ चैत्र २०८२, बुधबार | April 1, 2026

झोलुङ्गे पुल भत्कँदा आवतजावतमा समस्या



वीरगन्ज । पश्चिमी पर्साको कालिकामाई गाउँपालिकाको मुडली र तुल्सीवर्वाको बीचमा सिक्टा नदीमा निर्माण भएको झोलुङ्गे पुल भत्किन शुरु गरेको छ ।

सिक्टा नदीमा साढे ७८ लाख रुपैयाँको लागतमा २०७५ असार २५ गते निर्माण सम्पन्न भएको ९८ मिटर लामो र चार फिट चौडाइको सो झोलुङ्गे पुल भत्किन शुरु गरेको हो ।

भौतिक पूर्वाधार कार्यालय पर्सा वीरगञ्जका सूचना अधिकारी दिपक मिश्रका अनुसार उपभोक्ता समितिले २०७४ असार १५ गते निर्माण सम्पन्न गर्ने शर्तमा २०७३ वैशाख २३ गते सम्झौता गरेको थियो तर काम सम्पन्न नभएपछि एक वर्ष म्याद थप गरी २०७५ असार २५ गतेसम्मको म्याद लिई पुल निर्माण गरेको थियो ।

कालिकामाई गाउँपालिकाको रविदास र छिपहरमाई गाउँपालिकाको बन्जारी जोड़ने उक्त झोलुङ्गे पुलको शुरुको भाग भत्किंदा सो बाटो भएर आवतजावत गर्न समस्या भएको छ । -रासस

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  १२ : १९ बजे

बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी । जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७

अब बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश

सुनको मूल्य ७ हजार ४ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ

खड्का-कोइराला पक्षीय कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक