१ पुस २०८२, मंगलबार | December 16, 2025

‘प्रतिगमनको मतियार’ गण्डकी सरकार अपदस्त गरेकोमा जनमोर्चाद्वारा सन्तोष व्यक्त



काठमाडौं । राष्ट्रिय जनमोर्चाल प्रतिगमनको मतियार बनेको गण्डकी प्रदेश सरकार अपदस्त गर्न सफलता मिलेकोमा सन्तोष व्यक्त गरेको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशमा ओलीको प्रतिगमनको मतियार सरकारलाई हटाउन विपक्षी गठबन्धन सफल भएको जनाएका हुन् ।

सरकार हटाउन विपक्षी गठबन्धनले झण्डै दुई महिनादेखि लगातार सदनभित्र, अदालतमा र सडकमा संघर्ष गरिरहेको भन्दै केसीले त्यो सरकार अपदस्त गर्न सफलता मिलेकोमा विपक्षी गठबन्धनलाई बधाई दिएका छन् । गण्डकीको सरकारले पनि केन्द्रमा केपी ओल्ीले झुटो र गलत दाबी गरेजस्तै षड्यन्त्र गर्न खोजेको तर सबै मिलेर असफल पारिएको केसीले जिकिर गरेका छन् ।

वक्तव्यमा केसीले भनेका छन्, ‘केन्द्रमा संविधानको धारा ७६ को उपधारा ९५० अन्तर्गत सरकार गठनका लागि जसरी केपी ओलीले झुटो र गलत दाबी प्रस्तुत गरी संसद भंग गरी मध्यावधि चुनाव गराउनका लागि षडयन्त्र गरेका थिए, ठीक त्यसै प्रकारले गण्डकीमा पनि त्यस प्रकारको षडयन्त्र यहाँको सरकारले पनि गरेको थियो । त्यो षडयन्त्रलाई प्रतिगमनविरोधी सम्पूर्ण राजनीतिक दल, प्रेस जगतले असफल पारेका छन् ।’

अध्यक्ष केसीले नयाँ सरकारलाई गुण दोषका आधारमा समथर्न गर्ने जनाएका छन् । उनले भनेका छन्, ‘प्रतिगामी सरकारलाई हटाई गठन भएको प्रतिगमन विरोधी शक्तिहरुको नयाँ सरकारलाई हामीले बधाइ दिन चाहन्छौँ तथा कार्यकाल सफलताको शुभकामना पनि दिन चाहन्छौँ । यसका साथै उक्त सरकारमा हाम्रो पार्टी सहभागी नहुने र सरकारले आगामी दिनमा अपनाउने नीतिको दोष र गुणको आधारमा समर्थन र विरोध गर्ने हाम्रो नीति हुनेछ ।’

 

प्रेस वक्तव्य

गण्डकी प्रदेशमा ओलीको प्रतिगमनको मतियार सरकारलाई हटाउन विपक्षी गठबन्धन सफल भएको छ । गण्डकी प्रदेशको सरकारलाई हटाउनका लागि विपक्षी गठबन्धनले झण्डै दुई महिनादेखि लगातार सदनभित्र, अदालतमा र सडकमा संघर्ष गरिरहेको थियो । केन्द्रमा संविधानको धारा ७६ को उपधारा (५) अन्तर्गत सरकार गठनका लागि जसरी केपी ओलीले झुटो र गलत दाबी प्रस्तुत गरी संसद भंग गरी मध्यावधि चुनाव गराउनका लागि षडयन्त्र गरेका थिए, ठीक त्यसै प्रकारले गण्डकीमा पनि त्यस प्रकारको षडयन्त्र यहाँको सरकारले पनि गरेको थियो । त्यो षडयन्त्रलाई प्रतिगमनविरोधी सम्पूर्ण राजनीतिक दल, प्रेस  जगतले असफल पारेका छन् । जुन स्वागतयोग्य कुरा हो । प्रतिगामी सरकारलाई हटाई गठन भएको प्रतिगमन विरोधी शक्तिहरुको नयाँ सरकारलाई हामीले बधाइ दिन चाहन्छौँ तथा कार्यकाल सफलताको शुभकामना पनि दिन चाहन्छौँ । यसका साथै उक्त सरकारमा हाम्रो पार्टी सहभागी नहुने र सरकारले आगामी दिनमा अपनाउने नीतिको दोष र गुणको आधारमा समर्थन र विरोध गर्ने हाम्रो नीति हुनेछ ।

चित्रबहादुर के.सी.
अध्यक्ष

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  १२ : ५७ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा