२१ चैत्र २०८२, शनिबार | April 4, 2026

लुम्बिनी सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाद्वारा ह्वीप जारी



बुटवल । लुम्बिनी सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जनता समाजवादी पार्टी जसपाले आफ्ना सांसदहरुलाई ह्वीप लगाएको छ ।

जसपा संसदीय दलको तर्फबाट प्रमुख सचेतक पूरमती ढेंगा मगरले पार्टीका सांसदहरुलाई नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप लगाएकी हुन् । नीति तथा कार्यक्रम समयसापेक्ष नभएको भन्दै मगरले कार्यक्रम असफल पार्नका लागि संसदीय दलका नेताको निर्देशनमा ह्वीप लगाएकी हुन् ।

तर, जसपाकै चार जना सांसदहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल, सुमन शर्मा रायमाझी पार्टीको निर्देशन विपरित यसअघि नै सरकारमा सहभागी छन् । यी चारै जना सांसदहरु जसपाको महन्थ ठाकुर पक्षमा लागेका छन् । त्यसैले ह्वीप लगाइए पनि सरकारमै सहभागी भएका जसपाका चार मन्त्रीले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने सम्भावना भने देखिँदैन ।

उनीहरुलाई जसपा केन्द्रीय कार्यकारिणीको बहुमतले पार्टी निर्देशन विपरित सरकारमा सहभागी भएको भन्दै सांसद पदबाटै निस्काशन गरेको थियो । तर, अदालतको अन्तरिम आदेशले अहिले पद थमौती भएको छ । उपेन्द्र यादवको पक्षमा र संसदीय दलका नेता सहषराम यादव र मगर मात्र रहेका छन् ।

यही जेठ २५ गते प्रदेश प्रमुख धर्मनाथ यादवले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेका थिए । त्यतिबेला विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुले बैठक बहिस्का रगरेका थिए ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको पार्टी एमालेका ३८ जना सांसद रहेका छन् । मन्त्री समेत रहेका जसपाका ४ सांसदको समर्थन मिल्ने वित्तिकै नीति तथा कार्यक्रम सजिलै पास हुन्छ ।

सबै प्रदेश सरकारहरुले प्रदेशसभाबाट पारित नीति तथा कार्यक्रमकै आधारमा आगामी असार १ गते सरकारले वार्षिक बजेट सार्वजनिक गर्ने गर्छन् ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  १ : ५५ बजे

प्रहरी ‘अप्रेसन’ : १८९ जना पक्राउ

काठमाडौँ । काठमाडौँ प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

ठुलो परिमाणको ब्राउन सुगरसहित ४ जना पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगरसहित

कांग्रेसको ७७ वटै जिल्लामा ‘जरा अभियान’, यी हुन ७७ जिल्लाका केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडी बढाएसँगै

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ । आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

परिचयपत्र नभएका व्यक्तिहरूले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा