१७ माघ २०८२, शनिबार | January 31, 2026

कोपा अमेरिका : आयोजक ब्राजिलले भेनेजुएलालाई ३-० गोलले हरायो



काठमाडौं । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ । घरेलु मैदान ब्रासिलियास्थित स्टाडियो नासिओनाल माने गारिन्चामा सोमबार बिहान भएको उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलालाई ३-० ले पराजित गरेको हो ।

ब्राजिल घरेलु मैदानमा खेलिएको कोपा अमेरिकाको २१ खेलसम्म अपराजित छ । पछिल्लो पटक ब्राजिल सन् १९७५ मा पेरुसँग घरेलु मैदानमा पराजित भएको थियो ।

ब्राजिललाई जित दिलाउन मार्क्विन्होस, नेयमार र गार्बियल बर्बोसाले एकरएक गोल गरे । कोरोनाका कारण ९ खेलाडी गुमाएको भेनेजुएलालाई ब्राजिलले सुरुवाति समयदेखि नै दवावमा राखेको थियो ।

खेलको २३ औं मिनेटमा ब्राजिलले अग्रता लियो । मार्क्विन्होसले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका हुन् । उनले कर्नरमा आएको बल क्लियर हुन नसक्दा ६ यार्डबाट हुलमुलमा गोल गरेका थिए । उनी ४७ औं संस्करणको कोपाको पहिलो गोलकर्तासमेत बनेका छन ।

२६ औं मिनेटमा रिचार्लीसनले गोल गरे । तर, उनी अफसाइड रहेको भन्दै रेफीले उक्त गोललाई मान्यता दिएन । यस्तै, ६४  मिनेटमा ब्राजिलले अग्रता दोब्बर बनायो । ब्राजिलका लागि नेयमारले पेनाल्टीमा गोल गरेका थिए । डानिलोलाई भेनेजुएलाका लुइस मार्टिनेजले पेनाल्टी बक्समा लडाएपछि ब्राजिलले पेनाल्टी पाएको थियो ।

ब्राजिलका लागि यो नेयमारको ६७औं गोल हो । उनी ब्राजिलका महान खेलाडी पेलेको कीर्तिमानभन्दा १० गोल पछि छन । यस्तै, सकिन केही समय बाँकी रहँदा गार्बियलले गोल गरे । उनले नेयमारको पासमा गोल गोल गर्दै ब्राजिललाई ३-० को जित दिलाए ।

यस जितसँगै ब्राजिलले समूह ‘ए’ मा ३ अंक जोडेको छ । यस समूहको अर्को खेलमा केहीबेर पछि कोलोम्बिया र इक्वेडर भिड्दैछन ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ६ : ४४ बजे

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष बिष्णुप्रसाद

अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई

घोषणापत्रमा ‘भिजन-१०’ समेट्दै कांग्रेस, सुशासन र कार्यान्वयन योग्य योजनामा जोड

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने चुनावी

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

मुस्ताङ । भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ