१२ बैशाख २०८१, बुधबार | April 24, 2024

बेलायतस्थित मुलधारका पत्रकार एकजुट हुँदा दलीय पत्रकार र शक्तिकेन्द्रको बिल्लीबाठ



नेपाल पत्रकार महासंघ बेलायतले आइतबार नयाँ नेतृत्व पाएको छ । सन् २०११ सालमा स्थापना भएको शाखाको हरेक निर्वाचनलाई बेलायतस्थित नेपाली समुदायले निकै रोचक र चासोका साथ हेर्ने गरेको छ । पहिलो पटक पोष्टल व्यालेट प्रयोग गरेर सम्पन्न निर्वाचनबाट अन्नपूर्ण पोष्टका लागि बेलायत संवाददाता ध्रुवराज अर्यालले लोकप्रिय २६ मत सहित विजयी भए । उनका प्रतिष्पर्धी श्याम लुईंटेलले १६ भोटमा चित्त बुझाए ।

नेकपा एमालेको माधव नेपाल समूह निकट मानिएका लुईंटेलले यसपटकको निर्वाचनमा प्रेस युनियन बेलायतसँग चुनावी मोर्चाबन्दी गरेका थिए । शाखाको पाचौं अधिवेशन गर्न केन्द्रबाट तोकिएका प्रतिनिधि भगिरथ योगीको समर्थन, गत निर्वाचनमा एनआरएनए अध्यक्षमा पराजित व्यापारी कुल आचार्यको आर्शीवाद र प्रेस युनियन केन्द्रको जोडबल रहँदा पनि प्रेस युनियन पक्षधर यसपटक नराम्ररी पछारिए । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव गरी तीन पदका लागि भएको निर्वाचनमा प्रेस युनियन समर्थक उम्मेदवारहरु क्रमशः श्याम लुईंटेल, सञ्जयभक्त कँडेल र जगन कार्की तिनै जना पराजित भए । अघिल्लो पटक केन्द्रीय महासचिव रमेश बिष्टले टिका लगाइदिएर महासचिव भएका सञ्जयभक्त कँडेलले ४२ मतमध्ये जम्मा १० मत ल्याए । श्याम लुईंटेलको १६ र जगन कार्कीको १५ मतमात्र आयो ।

 

अर्यालको पक्षमा मुलधारका पत्रकार एक

नेपाली डायष्पोरामा बेलायतबाट हुने नेपाली पत्रकारिता निकै सशक्त र प्रभावकारी मानिन्छ । नेपालका प्रमुख राष्ट्रिय दैनिकका संवाददाताहरु बेलायतमा सक्रिय छन् । ती मध्ये कान्तिपुर संवाददाता नवीन पोखरेल, नागरिक दैनिकका चिरन शर्मा, सेतोपाटी डटक कमका फडिन्द्र भट्टराई, निवर्तमान अध्यक्ष नरेश खपांगी मगर, फोनिज यूके अध्यक्ष प्रमिला राई र अध्यक्ष पदकै अर्की प्रत्यासी बिमला सेन समेत अर्यालको पक्षमा उभिएका थिए ।

त्यस्तै रातोपाटीका लागि बेलायत संवाददाता नरेन्द्र बस्नेत र अनलाइन खबर आवद्ध दिनेश परियार समेत अर्याल समूहबाट महासचिव र वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार बनेर विजयी भए ।

 

प्रेस युनियनको गतिविधि लज्जास्पद, खारेजीको माग

नेपाली कांग्रेस आवद्ध पत्रकारहरुको संगठन प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौलाको गतिविधिले युनियन बेलायतका सदस्य तथा कांग्रेसी पत्रकारहरु समेत लज्जित भएका छन् । आफूलाई दुई दशकअघि पत्रकार भएको दावी गर्ने निरौला बेलायतमा पटकपटक विवादमा आउने गरेका छन् । अहंकारी स्वभाव र इतिहास भजाएर वर्तमानमा रमाउने गरेका निरौलाले युनियनको नाम बेचेर एनआरएनए नेताहरुसँग समेत आर्थिक बार्गेनिङ गरेको आरोप लाग्ने गरेको छ । उनले अमेरिकामा रहेका संघका एक नेता समक्ष कांग्रेसको सहयोग चाहिने भए पैसा दिनु भन्दै ब्ल्याकमेलिङ गर्दै आएको ती नेताले बताएकाछन् । नेपाल पत्रकार महासंघ बेलायतको अध्यक्षका लागि उम्मेदवारी दिएका निरौलाले उम्मेदवारी शुल्क १५० पाउण्ड तिर्न नसक्दा उम्मेदवारी नै बदर भएपछि बेलायतस्थित कांग्रेसजनहरुको समेत शिर निहुरिएको थियो । उम्मेदवारी शुल्क तिरिदिने प्रायोजक नभेटिएपछि बिना दस्तुर मनोनयन गरेका उनको उम्मेदवारी निर्वाचन समितिले शुरुमै खारेज गरिदिएको थियो ।

शाखाको निर्वाचनको मत गणनाको अन्तिम समयसम्म अध्यक्षका प्रत्यासी श्याम लुईंटेलको एजेन्ट बसेका निरौलाले निर्वाचन समितिका संयोजक रमेश सराङकोटीलाई बेलायतको अदालतमा मुद्धा हाल्ने र प्रहरी बोलाउने भन्दै धम्की दिएका थिए । मत गणना भइरहँदा हार हुने निश्चित भएपछि चुनाव जिताउने ठेक्का लिएका बिपिन निरौला र तिनैजना उम्मेदवार लुसुक्क बाहिरिएका थिए । अहिले निरौला शाखाको अध्यक्ष आफैं भएको भन्दै मिडियाबाजीमा उत्रिएका छन् । उनको गतिविधिले कतिपयले प्रेस युनियन बेलायतको खारेजीको समेत माग गरेका छन् । प्रेस युनियनका एक सदस्यले भने यो अति भयो संस्थामा बस्न पनि लाजमर्दो भयो । बरु यो संस्था बेलायतमा चाहिंदैन् खारेज गरिदिए हुन्छ ।

प्रत्यक्ष निर्वाचनमा होमिए हारिने निश्चित भएपछि बिपिन निरौलाले सहमति सहमतिको रटान लगाइरहे किनकि यसो गर्दा भागवण्डामा कुनै पद हात लाग्ने थियो । पद भागबण्डा गर्दा क्षमतावान र व्यवसायिक उम्मेदबारले अवसर नपाउने तर नेपालका नेता अनि यहाँका व्यापारीको आर्शीबाद लिनेहरुले मनोमानी गर्ने भएपछि झण्डै ९५ प्रतिशत मतदाता र उम्मेदवारहरु प्रजातान्त्रिक अभ्यास अन्तर्गत चुनावबाटै नयां नेतृत्व चुन्न चाहन्थे ।

 

एनआरएनएको शक्तिकेन्द्र ध्वस्त

नेपाल पत्रकार महासंघ यूकेको निर्वाचनको परिणामले जुलाई ३१ तारिखमा हुने गैरआवासीय नेपाली संघ यूकेको निर्वाचनमा प्रभाव पार्ने भन्दै आफूनिकट पत्रकारलाई जिताउन संघका केन्द्रीय नेताहरु समेत सक्रिय भएका थिए ।

गैरआवासीय नेपाली संघको आगामी अक्टोबरमा हुने निर्वाचनमा नेपाली कांग्रेसको एक समूहबाट अध्यक्ष पदमा उम्मेदवारी दिन लागेका कुल आचार्य समेत नेपाल पत्रकार महासंघ यूकेको निर्वाचनमा आफ्ना उम्मेदवार जिताउन लागि परेका थिए । उनलाई कृष्ण भट्ट र रिटार्यड एनआरएनए पूर्व नेता चिरन्जिबी ढकालले साथ दिएका थिए । उनीहरुले महासंघको बरिष्ठ उपाध्यक्षमा संजय कंडेल, महासचिवमा जगन कार्की र अध्यक्षमा श्याम लुईटेललाई जिताउन लविङ गरेका थिए । आचार्यको निर्देशनमा दायर भएको गैरआवासीय नेपाली संघ यूके विरुद्धको मुद्धा अहिले बेलायती अदालतमा विचाराधीन छ । उनी आफ्नो कमजोरी ढाकछोप गर्न समेत पत्रकार महासंघको निर्वाचनमा हस्तक्षेप गर्नु पर्ने निष्कर्षमा थिए । उनले आफ्नो पक्षलाई जिताउन पत्रकार भगिरथ योगीलाई खटाएका थिए ।

 

केन्द्रीय प्रतिनिधि योगी समेत विवादमा

बीबीसी नेपाली सेवामा लामो समय सम्म सेवा गरेर अवकाश लिएका पत्रकार भगिरथ योगी बेलायतमा सर्वमान्य व्यक्तिका रुपमा परिचित थिए । निकै भद्र र शालिन व्यक्तिको रुपमा परिचित योगीले बीबीसीबाट अवकास प्राप्त गरे पछि गरेका गतिविधिहरु भने अप्रत्यासित रहेको टिकाटिप्पणी बेलायतमा हुने गरेको छ ।

गैरआवासीय नेपाली संघको अध्यक्षमा पराजित कुल आचार्य समूहमा लागेर योगीले आफ्नो साख गुमाउंदै गएको टिप्पणीकार बताउंछन् । गैरआवासीय नेपाली संघका एक अग्रजले उनका गतिविधिलाई अकल्पनीय र अनपेक्षित बनेका छन् । योगीमाथि आचार्य समूहमा लागेर गैरआवासीय नेपाली संघको अभियानलाई समेत दुई चिरामा पार्ने अभियानमा सकृय रहेको आरोप लाग्ने गरेको छ ।

गत जनवरी महिनामा सम्पन्न गैरआवासीय नेपाली संघको विशेष अधिवेशन रोक्न समाचार मार्फत विश्वभर अभियान सञ्चालन गरेका योगीले नेपालस्थित सबै राष्ट्रिय दैनिकका सम्पादकहरुलाई एनआरएनए फुटेर नेकपा जस्तै हुनै भन्दै ब्रिफिङ गरेर आचार्यको निर्देशनमा विशेष महाधिवेशन भाँड्ने प्रयास गरेका थिए ।

जिएनएनए नेटवर्क समेत संचालन गरेका योगीको समूहले उत्पादन गर्ने समाचाहरु समेत एक पक्षीय र संघको संस्थापन पक्षको विरोधमा आउने गरेका छन् । उनलाई नेपाल पत्रकार महासंघ बेलायतको निर्वाचनमा पराजित उम्मेदवारहरु सन्जय कंडेल, जगन कार्की लगायतले सहयोग गर्दै आएका छन् । योगीले शाखाको महासचिवमा डा. जगन कार्कीलाई स्थापित गर्न निर्वाचन प्रकृयानै अवरुद्ध पार्ने असफल प्रयास गरेका थिए । अहिले योगीलाई कथित प्रेस युनियन समूहले आफ्नो पक्षमा प्रयोग गर्ने प्रयास गरिरहेको छ ।

 

केन्द्रीय अध्यक्ष बिपुल पोखरेलको युरोपमा बदनाम गर्ने प्रयास

नेपाल पत्रकार महासंघको गत महिना सम्पन्न निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्षमा निर्वाचित बिपुल पोखरेललाई बदनाम गर्न यूरोपमा एउटा समूह सक्रिय रुपमा लागि परेको छ । कांग्रेस पक्षको नेतृत्व आएको भन्दै युरोपमा रहेका कांग्रेसनिकट मानिने प्रेस युनियनका केही सदस्यहरुले आफूले चाहे जेसुकै हुने भन्दै पत्रकारहरुलाई धम्काउदै हिँड्ने गरेका छन् ।

पोखरेलको नाम लिएर नेपाल पत्रकार महासंघ युरोपको अध्यक्ष भएको दावी गर्दै हिँड्ने सरस्वती कार्की र बेलायतमा नेपाल प्रेस युनियनको अध्यक्ष दावी गर्ने बिपिन निरौला समूहले पोखरेलको नाम बेचेर आफ्नो गिरोह सञ्चालन गर्दै आएका छन् । पोखरेल पत्रकार महासंघ यूरोपको विद्रोही समूहको कार्यक्रममा पटकपटक सहभागी हुँदा उनको विवाद समाधान गर्ने क्षमतामा प्रश्नचिन्ह समेत उठेको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ११ : ५० बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको