१० चैत्र २०८२, मंगलबार | March 25, 2026

१९ दिनमै सत्ताबाट बाहिरिन बाध्य जसपा ठाकुर पक्षको बैठक बस्दै



काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट एकमहिना नपुग्दै सरकारबाट बाहिरिन बाध्य जनता समाजवादी पार्टी जसपाको ठाकुर पक्षले बैठक बोलाएको छ ।

अदालतको आदेशपछिको अवस्थाबारे छलफल गर्न ठाकुर पक्षले आफुनिकट कार्यकारिणीको बैठक बोलाएको हो । बबरमहलस्थित पूर्वराजपाको कार्यकार्यालयमा दिउँसो १ बजे समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर बैठक बस्न लागेको हो ।

सर्वोच्च अदालतले मंगलबार सरकारमा रहेका २० मन्त्रीको नियुक्ति खारेज गरेको थियो । जसमध्ये राजेन्द्र महतोसहित ११ जना ठाकुर पक्षका रहेका छन् । लामो समय सत्ताबाहिर रहेको आफ्नो समुहलाई सत्तामा पुर्याएर थामथुम पार्न खोजे पनि १९ दिनमै पदमुक्त हुनपरेपछि यो समुह संकटमा परेको छ ।

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता अध्यादेश ल्याएर ठाकुर पक्षलाई रिझाएका थिए । तर, सर्वोच्चले सो अध्यादेश कार्यान्वयनमा पनि रोक लगाइसकेका छ । आफ्ना मुद्दामा एक पछि अर्को अवरोध सिर्जना भएपछि ठाकुर पक्षले नयाँ रणनीति बारे छलफल गर्न लागेको हो ।

ओली सरकारमा जाने या नजाने भन्ने विषयबाट सुरु भएको विवाद पार्टी फुटसम्म पुगेको छ । जसपाको अर्को उपेन्द्र यादव पक्षको बहुमत रहेको आधिकारिक कार्यकारिणीले ठाकुर पक्षका कैयौं नेतालाई कारवाही गरेको छ ।

त्यसपछि यो पार्टीको विवाद विवाद निर्वाचन आयोगसम्म पुगेको छ । यादव पक्ष निर्वाचन आयोगमा ठाकुर पक्षलाई कारवाही गर्दै आधिकारिकताको दाबीसहित पुगेको छ । तर गत पुषमा भएको कार्यकारिणी बैठकबाट आफुले अधिकार प्राप्त गरेको भन्दै ठाकुरले यादव पक्षका २० जना कार्यकारिणी सदस्यलाई बर्खास्त गरेर आफ्ना मान्छे भर्ना गरेको दाबी गरेका छन् । यद्यपी दुवै पक्षले एक अर्का विरुद्ध गरेको कारवाहीलाई निर्वाचन आयोगले मान्यता दिएको छैन ।

 

 

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ११ : ११ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण