१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

रोकिएन कामचलाउ प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गर्ने राष्ट्रपतिको अभियान



काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीलाई कामचलाउको करार दिँदै ओलीको सिफारिसमा थप गरिएका २० मन्त्रीहरुको मन्त्री पद खारेज गरेको पर्सिपल्ट उनै प्रधानमन्त्री ओलीको सिफारिसमा न्याय परिषदको सदस्य काम चलाउ प्रधानमन्त्रीको अध्यक्षतामा रहेको संवैधानिक परिषदको सिफारिसमा संवैधानिक आयोगहरुमा नयाँ नियुक्ति गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संवैधानिक आयोगहरुमा २० जना र न्याय परिषदमा एकजनाको नियुक्ति गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, आदिवासी जनजाति आयोग तथा राष्ट्रिय मुस्लिम आयोगको आयुक्त तथा सदस्यहरु नियुक्त गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा डा. हरि पौडेल (बागलुङ) र डा. सुमित्रा श्रेष्ठ (ललितपुर नियुक्त भएका छन् भने लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) नियुक्त भएका छन् । त्यस्तै लोकसेवा आयोगको सदस्यहरूमा माधव बेल्वासे (कपिलवस्तु), वीरबहादुर राई (इलाम), दिनेश सिलवाल (ललितपुर), मञ्जुकुमारी (महोत्तरी) नियुक्त भएका छन् ।

यसैगरी निर्वाचन आयोगको आयुक्तमा सगुन शम्शेर जबरा (रुपन्देही) लाई नियुक्त गरिएको छ।

राष्ट्रपतिले राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा रामकृष्ण तिमल्सिना (कास्की), सदस्यहरुमा पुष्पराज तिमिल्सिना (पर्वत), मानप्रसाद खत्री (बझाङ) नियुक्त भएका छन् ।

यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा पाँचथरका विपिनराज निरौलालाई नियुक्त गरेकी छन् भने राष्ट्रिय महिला आयोगको सदस्यहरुमा धनसषकी जया घिमिरे र पर्वतकी सावित्राकुमारी शर्मा नियुक्त भएका छन् । राष्ट्रिय दलित आयोगको सदस्यमा काठमाडौंमा सुन्दर पुर्कुटी नियुक्त भएका छन् ।

त्यसैगरि आदिवासी जनजाति आयोगको सदस्यमा खोटाङका सुर्यबहादुर गुरुङ, मधेसी आयोगको सदस्यमा सप्तरीकी आभाकुमारी, थारु आयोगको सदस्यहरुमा नवलपरासीका डा. उमाशंकर प्रसाद चौधरी र मोरङकी शान्ति मोदी नियुक्त भएका छन् भने मुस्लिम आयोगको सदस्यमा सर्लाहीका मोहम्मद समसुल हक नियुक्त भएका छन् ।

राष्ट्रपति भण्डारीले कामचलाउ प्रधानमन्त्रीकै सिफारिसमा रामेछाप, खनियापानी–९ निवासी वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारीलाई न्याय परिषद सदस्यमा नियुक्त गरेकी छन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ८ : ४७ बजे

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

भक्तपुर । यो वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० परीक्षाको आजदेखि

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ : प्रतिपक्षी

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मोलुका । इन्डोनेसियाको मोलुका टापु आसपास बिहीबार बिहान ७.४ म्याग्निच्युडको

आज विश्व अटिजम सचेतना दिवस

काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस हो । यो