१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सरुवा भएर बाँके पुगेका प्रहरी प्रमुखले प्रहरी भित्रको गलत तत्व पन्छाएर कामको थालनी गर्ने



नेपालगन्ज । बाँकेमा सरुवा भएर आएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले प्रहरी भित्र पनि विभिन्न खालका तत्वहरु भएको स्विकार गरेका छन् । बुधबार पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै एसपी अधिकारीले प्रहरी भित्र रहेको गलत तत्वलाई हटाउने कार्य आफ्नो प्राथमिकतामा पर्ने बताए । उनले प्रहरी भित्रको गलत तत्वलाई शुद्धिकरण गर्दै लैजाने बताउँदै आफु आउँदा आउँदै सादा पोसाकका प्रहरी हटाएको जानकारी दिए । ‘यहाँ आउने बित्तिकै जिल्ला प्रहरी र मातहत कार्यालयका सबै सादा पोसाकका प्रहरी हटाएको छु, आवश्यक अप्रेसनमा खटाउने छु । कुनै अप्रेसन बिना सादा पोसाकका प्रहरी खटाउँदिन ।’ उनले भने ।

बाँकेमा प्रहरी अधिकारीहरुले सादा पोषाकका प्रहरीबाट असुली गर्ने गरेको गुनासो आएको थियो ।

पत्रकारहरुसङ्गको भेटघाटमा उनले आफ्नो कुनै छुट्टै नयाँ कार्ययोजना नभएको र नेपाल प्रहरीको कार्यनीति नै आफ्नो कार्ययोजना भएको बताए । ‘म कुनै नयाँ कार्ययोजनासहित आएको छैन, कुनै व्यक्ति विशेष अनुसार कार्ययोजना फरक फरक हुँदैनन् । नेपाल प्रहरीको कार्यनीति अनुसार नेपाल प्रहरीले दिएको जिम्मेवारी नै सबै प्रहरीको कार्ययोजना हो ।’ उनले भने ।

उनले बाँकेका लागि आफू एकदमै नयाँ र नौलो भएको हुँदा अपराध न्युनिकरणमा पत्रकारहरुले आफुलाई साथ दिन आग्रह गरे । बाँके सिमावर्ती जिल्ला पनि भएको भन्दै उनले सीमामा हुने अपराधिक घटना र तस्करी नियन्त्रणमा आफुले कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे । लागु औषध, गैरकानुनी ओसारपसार तथा मानव बेचविखन जस्ता सीमामा हुने अपराध न्युनिकरण गर्नु आफ्नो कर्तब्य भएको उनले बताए ।

कुनै कुनै अपराधहरु ठाउँ बिशेष अनुसारका हुने भन्दै उनले त्यसलाई पहिचान गरी कारबाही गर्ने, सडक दुर्घटना न्यूनीकरण तथा रोकथाम, बिपद जोखिमलाई व्यवस्थापन तथा तैयारी, सम्भावित कोभिडको तेस्रो लहरको तयारी साथै नेपाल प्रहरीको कार्यनीति अक्षरस पालना गरी आफुले काम गर्ने एसपी अधिकारीले बताए ।

एसपी अधिकारीले बाँकेका पत्रकारहरुलाई जे वास्तविकता हो त्यही लेखिदिन आग्रह गरे । ‘तपाईंहरुले मेरो बारेमा राम्रो नि नलेख्नुस, नराम्रो नि नलेख्नुस । मैले जे गर्छु अर्थात जे वास्तविकता हो त्यही लेख्नुस । मैले गरेको काम कुरामा कुनै कन्फ्युज भए आउनुस भेटेर छलफल गरौं त्यसपछि लेख्नुस ।’ एसपी अधिकारीले भने ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ५ : २० बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर