९ चैत्र २०८२, सोमबार | March 23, 2026

संसद विघटन मुद्दामा सरकारको ‘संभावित चलखेल र सेटिङ’विरुद्ध खबरदारी गर्न विद्यार्थी मोर्चाले अन्तक्रिया गर्दै



काठमाडौं । प्रतिनिधिसभा विघटनका विरुद्ध आन्दोलनरत विपक्षी गठबन्धनका पाँच बिद्यार्थी संगठनहरुले आज बृहद अन्तरक्रिया गर्ने भएका छन्।

अन्तक्रियामा पूर्वविद्यार्थी नेताहरु विश्वप्रकास शर्मा, गुरुराज घिमिरे, प्रदिप पौडेल, देवेन्द्र पराजुली, हिमाल शर्मा, रमेश मल्ल, जगन्नथ ढकाल, रामकुमारी झाँक्री, यज्ञराज सुनुवार, गंगा नारायण श्रेष्ठ, भिम राई, मानुषी यमी भट्टराई, कृष्ण अधिकारी, घनश्याम न्यौपाने लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

नेबिसंघका अध्यक्ष राजीब ढुंगाना, अखिल (क्रान्तिकारी) का अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष बिमल पोखरेल सहितको संयुक्त बैठकले पूर्व विद्यार्थी नेताहरुको सहभागितामा अन्तक्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो। काठमाडौंको प्रदर्शननीमार्गस्थित रत्न राज्य क्याम्पसमा आज मध्यान्न १२ बजेदेखि कार्यक्रम सुरु हुने अबताईएको छ ।

प्रधानमन्त्री केपी ओलीको असंबैधानिक र प्रतिगामी कदमको शसक्त प्रतिरोधको तयारी गर्न अन्तरक्रिया गर्न लागिएको ती विद्यार्थी संगठनहरुले जनाएका छन् । संसद बिघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा सरकार पक्षबाट हुनसक्ने संभावित चलखेल र सेटिङबिरुद्ध खबरदारी गर्न अन्तक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको संयुक्त विद्यार्थी संगठनले जानकारी दिएका छन्।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १० : ०५ बजे

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी। बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड

सडक फराकिलो बनाउन आफ्ना घरटहरा भत्काउन दरवाङवासी आफै अग्रसर

म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख