२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

सडक किनारामा महिला मन्त्रालयको गाडी हल्लिन थालेपछि…



भक्तपुर । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गर्ने ३ जना प्रहरी नियन्त्रणमा परेका छन् । सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा राति ११ बजे यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा दुई पुरुष र एक महिला पक्राउ परेका हुन् ।

प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडी हल्लीन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । भक्तपुर प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक शिवकुमार श्रेष्ठले पुष्टि गरे । प्रहरीका अनुसार अनुसार प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छिन् ।  पक्राउ परेकाहरुलाई सार्वजानिक स्थानमा अस्लिल गतिबिधि गरेको अभियोगमा कारवाही प्रक्रिया अगाडि बढेको एसपी श्रेष्ठले बताए ।

पक्राउ परेका खत्रीले आफु गाडीकाे चालक भएकाे स्विकार गरेकाे भक्तपुर प्रहरी प्रवक्ता डीएसपी दिपक गीरीले बताए ।

गाडी हल्लीन थालेपछि स्थानीयले गस्ती गएको प्रहरीलाई खबर गरिदिएका थिए । प्रहरीले गाडीभित्र निर्वस्त्र अवस्थामा महिला र पुरुषहरुलाई देखे पछि नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ११ : २८ बजे

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा प्राविधिक जनशक्ति (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्राविधिक जनशक्तिको माग गरेको

भारत–नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौं । भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

आर्टिफिसियल इन्टेलिजेन्सको अदृश्य लागत – ऊर्जा, पानी र डाटा सेन्टरको बढ्दो दबाब

डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) विश्वव्यापी परिवर्तनको प्रमुख शक्ति बनिरहेको

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप

दार्चुलामा झोलुंगे पुल निर्माणका लागि हर्क साम्पाङको श्रमदान अभियान घोषणा

काठमाडौं । सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे