३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

कपिलवस्तुको शिवराजमा एक वर्षमा १३ किमी कालोपत्र, २५ किमी ग्राभेल



कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा नगरको १३ किलोमिटर सडकलाई कालोपत्रे गरेको छ ।

ग्रामीण क्षेत्रलाई प्राथमिकता दिँदै नगरपालिकाले अधिकांश सडक कालोपत्र गरेको छ ।

निर्वाचनपश्चात् शुरुको वर्षदेखि नै सडकलाई प्राथमिकता दिँदै हिलोमुक्त सडक बनाउन स्तरोन्नति गर्दै कालोपत्र गरिएको नगरप्रमुख नेत्रराज अधिकारीले बताए । “प्रत्येक वर्ष १० किलोमिटरभन्दा बढी सडक कालोपत्र बनाएका छौं, गाउँ–गाउँ पुग्ने सडक कालोपत्र हुँदा नागरिकको आवतजावतमा सहज भएको छ”, अधिकारीले भने, “आगामी वर्ष पनि विभिन्न सडकलाई कालोपत्र बनाउने योजना अघि सारेका छौँ ।”

नगरपालिकाले एक वर्षमा २५ किलोमिटर सडकलाई स्तरोन्नति गर्दै ग्राभेल गरेको नगरपालिकाका सवइञ्जिनीयर नारायण बोहोराले बताए । उनका अनुसार एक वर्षको अवधिमा तीन किलोमिटर सडक आरसिसी, सामुदायिक भवन, धर्मशाला, दुई किलोमिटर नाली र दुई वटा कल्भर्ट निर्माण सम्पन्न भएको छ ।

निर्माण सम्पन्न भएका सडक अनुगमन गरिएको उपप्रमुख शिवकुमारी थारुले बताए। “निर्माण काम सम्पन्न भएका अधिकांश सडक अनुगमन गरेका छौं, गुणस्तरीय काम भएको छ”, थारुले भने, “सडकको गुणस्तरमा प्रश्न उठिरहेको बेला अनुगमनलाई प्रभावकारी बनाएका छौं ।”

शिवराज नगरपालिका–१ उमरीदेखि वनकट्टासम्मको सडक कालोपत्रको काम रु ५० लाखको लागतमा सम्पन्न भएको छ । त्यस्तै खरेन्द्रपुरदेखि धनगढवासम्मको सडक पनि यसै वर्ष कालोपत्र भएको छ । लामो समयदेखि वर्षात्को समयमा सडक हिलाम्मे हुँदा आवतजावतमा समस्या भएकाले यस वर्ष यस सडक कालोपत्र गरिएको वडा नं ३ का अध्यक्ष टेकलाल सापकोटाले बताए।

त्यस्तै सोनवर्षीदेखि कटुवा, शिवराज–५ राष्ट्रिय माविदेखि रहटकोल जाने सडक कालोपत्रे सम्पन्न भएको छ । एक वर्षभित्र सबै गाउँमा पुग्ने सडक कालोपत्रे गर्ने योजना नगरपालिकाको रहेको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ३ : ३६ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम

एमालेले टुंगायो समानुपातिकका १६ जनाको नाम (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिकतर्फका १६ सांसदको

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको