१ पुस २०८२, मंगलबार | December 16, 2025

कपिलवस्तुको शिवराजमा एक वर्षमा १३ किमी कालोपत्र, २५ किमी ग्राभेल



कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा नगरको १३ किलोमिटर सडकलाई कालोपत्रे गरेको छ ।

ग्रामीण क्षेत्रलाई प्राथमिकता दिँदै नगरपालिकाले अधिकांश सडक कालोपत्र गरेको छ ।

निर्वाचनपश्चात् शुरुको वर्षदेखि नै सडकलाई प्राथमिकता दिँदै हिलोमुक्त सडक बनाउन स्तरोन्नति गर्दै कालोपत्र गरिएको नगरप्रमुख नेत्रराज अधिकारीले बताए । “प्रत्येक वर्ष १० किलोमिटरभन्दा बढी सडक कालोपत्र बनाएका छौं, गाउँ–गाउँ पुग्ने सडक कालोपत्र हुँदा नागरिकको आवतजावतमा सहज भएको छ”, अधिकारीले भने, “आगामी वर्ष पनि विभिन्न सडकलाई कालोपत्र बनाउने योजना अघि सारेका छौँ ।”

नगरपालिकाले एक वर्षमा २५ किलोमिटर सडकलाई स्तरोन्नति गर्दै ग्राभेल गरेको नगरपालिकाका सवइञ्जिनीयर नारायण बोहोराले बताए । उनका अनुसार एक वर्षको अवधिमा तीन किलोमिटर सडक आरसिसी, सामुदायिक भवन, धर्मशाला, दुई किलोमिटर नाली र दुई वटा कल्भर्ट निर्माण सम्पन्न भएको छ ।

निर्माण सम्पन्न भएका सडक अनुगमन गरिएको उपप्रमुख शिवकुमारी थारुले बताए। “निर्माण काम सम्पन्न भएका अधिकांश सडक अनुगमन गरेका छौं, गुणस्तरीय काम भएको छ”, थारुले भने, “सडकको गुणस्तरमा प्रश्न उठिरहेको बेला अनुगमनलाई प्रभावकारी बनाएका छौं ।”

शिवराज नगरपालिका–१ उमरीदेखि वनकट्टासम्मको सडक कालोपत्रको काम रु ५० लाखको लागतमा सम्पन्न भएको छ । त्यस्तै खरेन्द्रपुरदेखि धनगढवासम्मको सडक पनि यसै वर्ष कालोपत्र भएको छ । लामो समयदेखि वर्षात्को समयमा सडक हिलाम्मे हुँदा आवतजावतमा समस्या भएकाले यस वर्ष यस सडक कालोपत्र गरिएको वडा नं ३ का अध्यक्ष टेकलाल सापकोटाले बताए।

त्यस्तै सोनवर्षीदेखि कटुवा, शिवराज–५ राष्ट्रिय माविदेखि रहटकोल जाने सडक कालोपत्रे सम्पन्न भएको छ । एक वर्षभित्र सबै गाउँमा पुग्ने सडक कालोपत्रे गर्ने योजना नगरपालिकाको रहेको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ३ : ३६ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा