१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिना बन्यो कोपा अमेरिका च्याम्पियन



काठमाडौं । कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान माराकाना स्टेडियममा भएको फाइनल खेलमा ब्राजिललाई १-०ले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

अर्जेन्टिनाको जितमा विंगर एन्जल डी मारियाले गरेको गोल नै निर्णायक बन्यो । खेलको २२ औँ मिनेटमा रोड्रीगो डे पलले दिएको लामो पासलाई नियन्त्रण गर्दै गोलरक्षकको माथिबाट चिप गर्दै डी मारियाले गोल गरेका थिए ।

योसँगै अर्जेन्टिना कोपामा १५ पटकको च्याम्पियन बनेको छ । जारी प्रतियोगिता एवं अन्तर्राष्ट्रिय फुटबलमा सुपरस्टार लियोनल मेस्सीको कप्तानीमा यो पहिलो देशका लागि अन्तर्राष्ट्रिय उपाधि हो ।

मेस्सीको फुटबल करियरमा देशका लागि यो पहिलो ठुलो उपाधि पनि हो । अर्जेन्टिनाले सन् १९९३ मा पछिल्लोपटक कोपा जितेको थियो । अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलको सुरुवाती समय देखि नै ब्राजिलले बल पोसेसनमा पकड जमाएर केहि आक्रमण बुनेपनि गोल गर्न सकेन ।

अर्जेन्टिनाले यस अघि १९९३ मा कोपा अमेरिका उपाधि जितेको थियो । त्यसयता, अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिना उपाधि विहिन थियो । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले देशबाट जितेको यो पहिलो प्रमुख उपाधि हो ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ७ : ४७ बजे

निर्वाचनमा खटिने कर्मचारीले कस्तो आचरण पालना गर्नुपर्छ ?

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था

मतदाताहरु मतदान गर्न ‘पहाडघर’ फर्केपछि सुनसान बन्दै बुटवल (फोटोफिचर)

बुटवल । निर्वाचनको दिन नजिकिएसँगै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ

ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी नियन्त्रणमा

पुल्चोकस्थित दाउरा थकालीमा आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी भएको