२ पुस २०८२, बुधबार | December 17, 2025

महान्यायाधिवक्ता रमेश बडालद्वारा पदबाट राजीनामा



काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका महान्यायाधिवक्ता बडालले आज राजीनामा दिएका हुन् ।

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेपछि बडालले राजीनामा दिएका हुन् । बडालले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका छन् ।

आजै अपरान्ह महान्यायाधिवक्ता कार्यालयमा बडालको बिदाई कार्यक्रम राखिएको छ ।

सरकार परिवर्तनसँगै महान्यायाधिवक्ताले पनि राजीनामा दिने प्रचलन रहँदै आएको छ । यसअघि पहिलो पटक प्रतिनिधिसभा विघटन गर्दा सरकारको राम्रो बचाउ नगरेको भन्दै आलोचना भएपछि अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले बडाललाई नियुक्त गरेका थिए ।

बडालले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा संवैधानिक इजलास गठनप्रति आपत्ति जनाउँदै इजलासका न्यायाधीसहरुमाथि नै टिप्पणी गरेका थिए । संवैधानिक इजलासले सोमबार गरेको फैसलामा बडाल र सरकारी पक्षका वकिलहरुको अभिव्यक्तिबारे टिप्पणी गर्दै असन्तुष्टि जनाएको छ ।

फैसलामा लेखिएको छ, अदालतले भनेको छ, ‘विषयको संवेदनशीलतालाई हेरी दोस्रो पटक इजलास गठन भएपछि रिट निवेदन उपर प्रारम्भिक सुनुवाइ पनि नहुँदै प्रत्यर्थी नेपाल सरकार सम्बद्ध निकाय र पदाधिकारीहरूको तर्फबाट सरोकार रहेको भनी प्रतिनिधित्व र प्रतिरक्षा गर्न उपस्थित हुन आउनुभएका विद्वान महान्याधिवक्तालगायतका सरकारी वकिलहरूसहितका कानुन व्यवसायीहरूबाट जे जो भाषा, शैली, तर्क र विषयवस्तु प्रस्तुत हुन आए, त्यसलाई स्वाभाविक, तार्किक र ग्रहणयोग्य मान्न सकिएन ।’

 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १२ : ४६ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन