२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

सवारीसाधनको विवरण नागरिक एपबाटै हेर्न पाइने



काठमाडौं । नागरिक एपको आइओएस भर्सनमा (आइफोनमा) पनि सवारीसाधनको जानकारी, कर बक्यौता र कर दाखिलाको पुरानो विवरण हेर्न सकिने भएको छ ।

नागरिक एपको भर्सन १.९.८ एपस्टोरबाट अपडेट भएसँगै आइफोन प्रयोगकर्ताले नयाँ फिचर उपयोग गर्न सक्ने भएका हुन ।

यसअघि पहिलो चरणमा एन्ड्रोइडको प्ले स्टोरमा मात्र सो भर्सन अपडेट भएको थियो । आइओएसमा नयाँ अपडेटसँगै यातायात कार्यालयमा रहेको आफ्नो सवारीसाधनको विवरण, चुक्ता गरिसकेको तथा चुक्ता गर्न बाँकी कर विवरण तथा अन्य जानकारी हेर्न सकिने भएको छ । यस विवरण यसअघि नै एन्ड्रोइड फोनका प्रयोगकर्तालाई उपलब्ध गराइएको थियो ।

नागरिक एपको नयाँ अपडेटमा देखिने ‘सवारी कर’ अन्तर्गत उक्त सुविधा उपलब्ध हुने राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ । पहिलो चरणमा वाग्मती प्रदेशका यातायात व्यवस्था/सेवा कार्यालयमा दर्ता भएका तथा नवीकरण गरिएका सवारीको विवरण अद्यावधिक गर्ने काम भइरहेको जनाइएको छ ।

तत्काल नागरिक एपमा आफ्नो सवारीसाधनको विवरण तथा बाँकी रहेको कर विवरण र भुक्तानी गरेको राजश्व विवरण हेर्न सकिने सुविधा प्राप्त हुनेछ । आउँदो साउन १ गतेदेखि भने नागरिक एपबाटै सवारीसाधनको राजश्व भुक्तानी र नवीकरण समेत गर्न सकिनेछ । ‘सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा’ भन्ने नाराका साथ गत माघ २ गते बेटा भर्सनको रूपमा सार्वजनिक भएको नागरिक एप गएको वैशाख १९ गते फूल भर्सनमा सार्वजनिक गरिएको थियो ।

नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने भन्दै नागरिक एप सञ्चालनमा ल्याइएको थियो । पछिल्लो समय एपमा पुलिस क्लियरेन्स रिपोर्ट र स्वास्थ्य बीमा कार्यक्रम समेत थपिएका छन् ।

एपबाटै क्युआर स्क्यान गरेर नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न सकिन्छ । शुरुआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहादानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नागरिकको डिजिटल परिचय स्थापित गरिएको थियो । नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्धसरकारी सेवा समेटिने छन् ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १ : ०२ बजे

बुटवलमा ‘बुटवल नियो क्लिनिक’ सञ्चालन, बालबालिकाका न्यूरो-विकास समस्याको एकै स्थानमा उपचार

बुटवल । बुटवल उपमहानगरपालिका-८ सुख्खानगरस्थित धर्मपथमा ‘बुटवल नियो क्लिनिक’ सञ्चालनमा

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या कार्यान्वयन हुँदै

काठमाडौं । सरकारले सरकारी र निजी अस्पतालमा १० प्रतिशत शय्या

महासंघको निर्वाचनका लागि बुटवल उवासंघबाट अध्यक्ष अर्याल मुख्य प्रतिनिधि चयन

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नेपाल उद्योग वाणिज्य

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरुमा नयाँ

पश्चिम एशिया तनाब : १ नेपालीको मृत्यु, २१ घाइते; ११ नेपाली पक्राउ

काठमाडौं । पश्चिम एसियामा जारी युद्धका कारण त्यहाँ रहेका नेपालीहरूमा