२८ भदौ २०८३, आइतबार | September 13, 2026

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री वाग्ले



वीरगञ्ज । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा अगाडि बढाएको बताएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्वबजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले प्रधानमन्त्री वालेन्द्र शाहले निर्देश गरेको गतिअनुसार सुधारको काम अघि बढिरहेको बताए ।

“प्रधानमन्त्रीले एउटा गति सेट गरिदिनुभएको छ । त्यस रफ्तारमा काम हुन थालेको छ । सिङ्गो सङ्घीय सरकार त्यो रफ्तारलाई पछ्याइरहेको छ”, मन्त्री डा वाग्लेले भने, ‘‘हाल मन्त्रालयबीच नै कसले तीव्र रफ्तारमा काम गर्ने भनेर होडबाजी नै चलेको छ । राम्रो काम गर्नका लागि एउटा मन्त्रालयको गतिलाई अर्को मन्त्रालयको गतिले उछिन्ने काम पनि भइरहेको छ ।’’

उनले आफूले अर्थमन्त्रीमा बहाल भएको दिनदेखि नै उद्योगी–व्यवसायीलाई सकारात्मक सन्देश दिने प्रयत्न गरेको बताए । “यहाँका उद्योगी–व्यवसायीहरूले वर्षौदेखि हैरानी भएको गुनासो छ । सोही गुनासोलाई पहिलो दिनदेखि सम्बोधन गर्ने प्रयास गर्दै आइरहेका छौँ”, डा वाग्लले भने ।

उनले आफ्नो अग्रज पूर्वमन्त्री रामेश्वरप्रसाद खनालको नेतृत्वमा लेखिएको उच्चस्तरीय आर्थिक सुधार प्रतिवेदनले सिफारिस गरेका केही कुराहरूलाई सम्बोधन गर्ने प्रयास गरेको दाबी गरे। अर्थमन्त्री डा वाग्लेले अर्थमन्त्रीको पदवहाल गर्ने वित्तिकै राजस्व अनुसन्धान विभागको खारेजी र साङ्केतिक रूपमा १५ वटा पुराना असान्दर्भिक ऐनहरू खारेजी गर्ने निर्णय गरिएको बताए। उनले भने, “यो सुरुआत मात्रै हो, थप काम अगाडि बढ्दै छन् । विगतमा गठबन्धन सरकारले काम गर्न यो वा त्यो बाहना गर्थे, जनताले अभूतपूर्व मत दिएकाले अब त्यो छुट हामीलाई छैन । त्यसैले राम्रो काम गर्न सुरु गरिसकेका छौँ ।”

अर्थमन्त्री डा वाग्लेले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाइएको बताए ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले उद्योगमैत्री नीति नहुँदा उद्योगी व्यवसायीहरू मर्कामा परेको गुनासो गरे। उनले उद्योगको प्राथमिक कच्चापदार्थको रूपमा रहेको बिजुली नियमित र भरपर्दो व्यवस्था गर्न आग्रह गरे ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ५ : २४ बजे

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-८ का युवाले आफ्नो गाउँ आफैँ