२ पुस २०८२, बुधबार | December 17, 2025

सर्वोच्च अदालतको फैसला देश र जनताका पक्षमा छ : कांग्रेस नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतको फैसला देश र जनताको पक्षमा भएको बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको विशेष बैठकलाई मंगलबार सम्बोधन गर्दै नेता सिंहले सरकारले गरेको असंवैधानिक कामलाई अदालतले सच्चाएको बताए।

पूर्व उपप्रधानमन्त्री सिंहले नयाँ सरकारले कोरोना महामारीलाई योजनाबद्ध रुपले सामना गरी सबै जनतालाई खोपको व्यवस्था गर्ने उल्लेख गरे । कांग्रेस सरकारको प्रभावकारिता जनताले महसुस गर्ने गरी काम गर्ने उनको भनाइ थियो ।

पार्टीका पूर्वमहामन्त्री सिंहले कांग्रेसको आगामी १४औँ महाधिवेशनले देश र जनताका लागि काम गर्नसक्ने सक्षम नेतृत्व छान्नुपर्ने बताए । कांग्रेसले देशलाई महत्वपूर्ण अवस्थामा सङ्कटबाट उन्मुक्ति गराउँदै आएकाले अवको नेतृत्व समय सुहाउँदो हुनुपर्ने उनको भनाइ थियो ।

नेता सिंहले देश र जनतालाई शिरमा राखेर पार्टीलाई मजबुत र सफल बनाउनको लागि आगामी महाधिवेशनमा आफू नेतृत्वका लागि तयार रहेको स्पष्ट पारे। कांग्रेसको १४औँ महाधिवेशन निर्धारित समयमा नै सम्पन्न हुने उनले विश्वास  व्यक्त गरे ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ६ : १७ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन