१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध



पर्वत । लगातारको वर्षाले मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड अवरुद्ध भएको छ ।

पर्वतको कुश्मा नगरपालिका-१ पाङको सहस्रधारामा पहिरो र लेदोले गएरातिदेखि नै सडक अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले अहिले पनि लेदो खसिरहेको छ ।

सडक खुलाउनका लागि जेसिबी र सुरक्षा निकाय तयारी अवस्थामा रहे पनि वर्षा नरोकिएकाले तत्काल खुलाउन समस्या देखिएको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारी साधन मालढुङ्गामा अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधन अर्मादीमा अलपत्र बनेको प्रहरीले जनाएको छ ।

वर्षा रोकिएलगत्तै खुलाउनका लागि प्रयास गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ८ : १३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी । बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा १०

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवद्वारा शुभकामना व्यक्त

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही । घोराही उपमहानगरपालिका-१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको