१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

भरतपुर क्यान्सर अस्पतालमा ईएचएस सेवा पुनः सुरु



चितवन । कोभिडका कारण बन्द रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको ईएचएस र बिहानी सभा नियमित हुने भएको छ । कोरोनाको पहिलो लहरसँगै बन्द रहेका यी सेवा पुनः सुरु हुने भएको हो ।

अस्पतालका उपनिर्देशक डा. कृष्णसागर शर्माका अनुसार ईएचएस लगायतका कोरोनाका कारण बन्द रहेका सेवा आजदेखि नियमित हुने छन । उनले सम्बन्धित विभाग, शाखा, एकाइ र मातहतका सम्पूर्ण कर्मचारीलाई सोहीअनुसार सेवा प्रवाह गरी बिरामीलाई सेवा प्रदान गर्न सूचित गरिएको बताए ।

उनका अनुसार बिरामी चाप रहेका केही विभागमा समयसमयमा ईएचएस सेवा दिइएको थियो। हरेक दिन ३ देखि ५ बजेसम्म यो सेवा दिइने उनले जानकारी दिए । आइतबारबाट सबै विभागमा पूर्ववत् अवस्थामा ईएचएस सेवा सञ्चालनमा आउनेछ । कार्यालय समयबाहेकको समयमा अतिरिक्ति शुल्क लिएर दिइने सेवा ईएचएस सेवा हो ।

यसैगरी अस्पतालमा बिहानी सत्रमा सञ्चालन हुँदै आएको बिहानी सभा (मर्निङ कन्फ्रेन्स) कोभिड-१९ महामारीका कारणले केही समयदेखि बन्द रहेकामा भोलि सोमबारदेखि नियमित गरिएको छ ।

प्रत्येक दिन बिहान ठीक ९ बजे सञ्चालन हुने उक्त सभामा सहभागी हुन सबै चिकित्सकलाई जानकारी गराइसकिएको उपनिर्देशक डा. शर्माले बताए । उनले महामारी विस्तारै न्यून हुँदै गएकाले सभा नियमित गरिएको बताए । ‘क्यान्सरका बिरामीको उपचारमा सहजता ल्याउन र मेडिकलसम्बन्धी अन्य छलफल गरी उपचार प्रणालीलाई प्रभावकारी बनाउने सभा गरिँदै आएको छ,’ उनले भने ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ६ : ५२ बजे

माइन, मिसाइल र लामो समुद्री तट : हर्मुज जलडमरूमा इरानको बलियो पकड

पश्चिम एशियाको हर्मुज जलडमरु लगभग चार हप्तादेखि प्रभावकारी रूपमा बन्द

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट

शैक्षिक गुणस्तर सुधार्न विद्यालयमा पूर्वाधार विकास

सिरहा । यहाँको लहान नगरपालिका-८ स्थित सिद्धार्थ आधारभूत विद्यालयमा बिहीबार

बाह्र वर्षपछि दोदा नदीमा पुल निर्माण

दोधारा चाँदनी । कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा