२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

एमाले विवादः १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न नेताहरु सहमत



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले भित्र देखिएको विवाद समाधान गर्न १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने प्रतिबद्धता नेताहरुले व्यक्त गरेका छन् ।

पार्टीलाई एकताबद्ध बनाउनका लागि सो पस्ताव कार्यान्वयन गर्नुपर्ने निष्कर्ष उनीहरुको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा शनिबार बसेको विघठित कार्यदलले १० बुँदे प्रस्ताव कार्यान्यवन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण ध्यान प्रस्ताव कार्यान्वयनमा लगाउने प्रतिबद्धतासमेत उनीहरुले व्यक्त गरेका छन् । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टी एकताका लागि गठित कार्यदलले बुझाएको १० बुँदे प्रस्ताव कार्यान्वयन सम्बन्धमा सबै सहमत रहेको बताए ।

प्रस्ताव कार्यान्वयनका लागि सबैले आफ्नो ध्यान केन्द्रित गरेर अगाडि बढ्ने निष्कर्ष बैठकको रहेको बताए । ‘पार्टीलाई एकताबद्ध बनाउन १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि सम्पूर्ण ध्यान केन्द्रित गर्ने विषयमा हामीले प्रतिवद्धता जनाएका छौं,’ नेम्वाङले भने, ‘भर्खरै १० बुँदे सहमति गरेर शीर्ष नेतालँई बुझाएका छौं । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : २४ बजे

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मैनाबगर अटोभिलेजमा बृहत सरसफाई

बुटवल । बुटवल अटो इञ्जिनियरिङ एशोसिएसन, रुपन्देही लुम्बिनीले अटो भिलेज

नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखियो : माधव नेपाल

नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजी पुस्ताको