१ पुस २०८२, मंगलबार | December 16, 2025

हेलिकप्टरमार्फत् उत्तरी गोरखामा पुर्‍याइयो कोरोनाविरुद्धको खोप



गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा हेलिकप्टरमार्फत् कोरोनाविरुद्धको खोप पुर्‍याएको छ ।

मौसम खराबीका कारण यसअघि नै पुर्‍याउने भनिएको खोप शनिबार मात्र चुमनुव्रीका विभिन्न खोप केन्द्रमा पुर्‍याइएको स्वास्थ्य कार्यालय गोरखाका खोप शाखाका प्रमुख ऋषिराम खत्रीले जानकारी दिए ।

जेठको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण उत्तरी गोरखाको चमनुव्रीका सडक, पैदल र खच्चड हिड्ने बाटो अवरुद्ध भएकाले हेलिकप्टरमार्फत् खोप ढुवानी गरिएको उनले बताए । ‘सडक मार्गबाट खोप लैजान सक्ने अवस्था नरहेकाले हेलिकप्टरमार्फत् खोप पुर्‍याएको हो,’ शाखा प्रमुख खत्रीले भने, ‘शुक्रबार नै लैजाने भनिए पनि मौसम खराबीका कारण आज मात्र खोप ढुवानी गरिएको छ ।’

भेरोसेल खोपको तीन हजार डोज माउन्टेन चाइल्ड नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा हेलिकप्टर चार्टर गरेर चुमनुव्री पुर्‍याइएको प्रमुख खत्रीले बताए । चुमनुव्री पुर्‍याइएको खोप गाउँपालिकाभित्रका १८ वर्षदेखि माथि उमेर समूहका सबैलाई लगाइने उनको भनाइ छ ।

उक्त क्षेत्रमा तीन हजार ७०८ नागरिक बस्दै आएका छन । केहीले यसअघि नै खोप लगाइसकेका र केही राजधानीमा बसोबास गर्दै आएका कारण तीन हजार डोज भए पुग्ने अनुमान गरिएको प्रमुख खत्रीले जानकारी दिए । रासस

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : ४१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज