२९ मंसिर २०८२, सोमबार | December 15, 2025

संसद् सचिवालयमा दर्ता भयो प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ ।

बिश्वासको मत लिने प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्वारा सभामुख अग्नि प्रसाद सापकोटामार्फत संसद सचिवालयमा दर्ता भएको हो ।

बिश्वासको मत लिने प्रस्ताव कानुन मन्त्रीद्वारा सभामुख मार्फत संसद सचिवालयमा दर्ता भैसकेको र आजै बस्ने दोश्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिनुहुने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभामा विश्वासको मत पाउन देउवालाई कुल १ सय ३६ सांसद्को समर्थन चाहिन्छ । यतिबेला देउवाको पक्षमा कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव पक्ष र जनमोर्चासहित १ सय २८ सांसद् छन् । नेकपा एमालेको माधव कुमार नेपाल समूहका ८ सांसद्ले मत दिएमा देउवाले विश्वासको मत पाउने छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १२ : १६ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष