१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

महिला फुटबल टोलीको बन्द प्रशिक्षण सुरु



काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ ।

एएफसी महिला एसियन कप(२०२२ छनोटको तयारीका लागि प्रशिक्षण प्रारम्भ गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए । बन्द प्रशिक्षणका लागि ४५ खेलाडीलाई बोलाइएको छ ।

बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, सावित्री किशन, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत र अनिता केसी रहेका छन् ।

यस्तै गीता राना, अन्जली योन्जन, प्रिती राई, निशा थोकर, सिर्जना चेमजोङ, हिरा भुजेल, रविना गोले, सुष्मा तामाङ, पुनम जर्गा मगर, कविता धिमाल, सुनिता चौधरी, विमला विक, दिपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा र इन्द्रा राई बन्द प्रशिक्षणका लागि छनोट भएका छन् ।

यसैगरी विमला चौधरी, अमृता जैशी, घिमकुमारी गुरुङ, सिर्जना खड्का, निर्मला विक, मनिषा राउत, पुजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दिपा न्यौपाने, सिवानी कुश्वर, सरस्वती हमाल, अमिशा कार्की, कुशुम खतिवडा, सिर्जना सिंह, सविता राणा, रजनी थोकर, सलोनी राना मगर र चुम्लुङमा राईलाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको एन्फाले जनाएको छ ।

छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । उक्त समूहको छनोट खेल नेपालमा हुने एन्फाले जनाएको छ । एएफसीले छनोटका लागि भदौ २८ देखि असोज ९ गतेको समय तय गरेको छ । समूहको शीर्ष टोलीले अगामी वर्ष भारतमा हुने एसियन कपमा प्रतिस्पर्धा गर्ने छ । रासस

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ६ : ४१ बजे

नवनियुक्त मन्त्रीहरूको शपथ सम्पन्न

काठमाडौं । रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद

यस्तो छ नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

काठमाडौँ । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त हुनुभएको

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

काठमाडौं । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा