२१ माघ २०८२, बुधबार | February 4, 2026

राजमार्गमा पहिरोको पिरलो



काठमाडौं । हाम्रा राष्ट्रिय राजमार्गहरू बर्सेनि बाढीपहिरोका कारण अवरुद्ध हुने गरेका छन् । संघीय राजधानी काठमाडौं छिर्ने पृथ्वी राजपथ, त्रिभुवन राजपथ, अरनिको राजमार्गलगायत मुख्य राजमार्गमा वर्षायाममा छिनछिनमै पहिरो जाने गरेको छ ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा, त्रिभुवन राजपथको मुग्लिन-नारायणघाट खण्ड, अरनिको राजमार्गको बाह्रबिसेउताको क्षेत्र नभत्किएको वर्ष नै हुँदैन । पूर्व-पश्चिम राजमार्गको दाउन्ने, कोसी राजमार्गको भेंडेटार-धनकुटा, मेची राजमार्गको माई खोला क्षेत्रमा पहिरो गइरहन्छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा हाम्रो देशको भूबनोटका कारण ठाउँ-ठाउँमा पहिरो गएर प्रत्येक वर्ष राजमार्ग अवरुद्ध हुने गरेको बताउँछन् । ‘हाम्रो देशको भूबनोट नै कमजोर छ । फेरि यो नयाँ समस्या पनि होइन’, सहसचिव शर्मा भन्छन्, ‘त्यसैले वर्षायाममा सधैं ठाउँ-ठाउँमा राजमार्ग अवरोध भइरहेका छन् ।’

शर्माका अनुसार अरनिको राजमार्गअन्तर्गत बाह्रबिसेउताको भूबनोट कमजोर छ । माथिबाट पहिरो झर्छ, तल भोटेकोसी नदी छ । धनकुटाको मूलघाट, इलामको माई खोला, पूर्व-पश्चिम राजमार्गको दाउन्नेबाट सिद्धबाबाको भूधरातल अत्यन्त कमजोर रहेको उनको भनाइ छ । ‘हाम्रा राजमार्गमा यस्ता भूबनोट कमजोर रहेका क्षेत्र धेरै छन्, जसले वर्षात्मा हामीलाई सधैँ दुःख दिने गरेको छ’, उनी भन्छन । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ७ : ४० बजे

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास

राष्ट्रपति पौडेल जापानबाट स्वदेश फर्किँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा

समृद्ध रुपन्देहीका लागि भौतिक विकास, शिक्षा र स्वास्थ्य प्राथमिकता : उम्मेदवार ई. पाण्डे

बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार

आचारसंहिता उल्लङ्घन नगर्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक