४ पुस २०८२, शुक्रबार | December 20, 2025

दीप बोर्डिङमा अभिभावक कविता वाचन प्रतियोगिता हुने



बुटवल । बुटवलको सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कूलले गुरुपूर्णिमाको अवसरमा साउन ९ गते शनिबार अभिभावक कविता वाचन प्रतियोगिता गर्ने भएको छ ।

जुम एप मार्फत् भर्चुअल रूपमा दिउँसो २ बजे सुरु हुने प्रतियोगितामा दीप बोर्डिङ हाई स्कूलमा अध्ययन गर्ने विद्यार्थीहरूका अभिभावक आमाबुबाले मात्र भाग लिन पाउने कुरा कार्यक्रम संयोजक पुरुषोत्तम पाण्डेयले बताए ।

बालबालिकाका प्रथम गुरु आमाबुबाको सम्मान र विद्यार्थीहरूलाई अभिभावकको सक्रियता मार्फत् सिकाइ र अतिरिक्त क्रियाकलापमा उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कुरा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताए ।

प्रतियोगितामा भाग लिन चाहने अभिभावकले साउन ७ गते ४ बजेसम्म नाम दर्ता गर्नुपर्ने र नाम दर्ताका लागि विद्यालयका कक्षा शिक्षक, कार्यक्रम संयोजक वा विद्यालयमा सम्पर्क गर्न सकिने छ भने दर्ता निःशुल्क हुनेछ ।

प्रतियाेिगतामा प्रथम हुनेले ५ हजार, द्वितीय हुनेले ३ हजार र तृतीय हुनेले २ हजारका साथ प्रमाणपत्र प्राप्त गर्ने र पुरस्कार वितरण नतिजा आइसकेपछि विद्यालयमा गरिने कुरा उप प्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्र कुमार शाक्यले बताए ।

गुणस्तरीय र संस्कारयुक्त शिक्षामा जोड दिइरहेको यस विद्यालयले कोरोना महामारीको विषम परिस्थितिमा पनि विद्यार्थीहरूलाई अनलाइनका माध्यमबाट नृत्य, गायन, कविता वाचन, वक्तृता, चित्रकला जस्ता रचनात्मक र सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ८ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको