१ पुस २०८२, मंगलबार | December 16, 2025

भाडा समायोजन र कोरोना विरुद्धको खोप माग्दै यातायात व्यवसायीहरु सडकमा



काठमाडौं । काठमाडौमा संचालनमा रहेका यातायात व्यवसायीहरुले बिभिन्न माग राख्दै सडकमा उत्रिएका छन् । आज बिहानै यातायातको साधन सहित व्यवसायीहरु सडमा उत्रिएपछि रिङरोडको ट्राफिक अस्तब्यस्त बनेको छ ।

भाडा समायोजन, कोरोनाविरुद्धको खोप, २० वर्ष पुरानो गाडी संचालन गर्न पाउनु पर्ने लगायतको माग गर्दै यातायात व्यवसायीहरुले काठमाडौंमा प्रदर्शनमा उत्रिएका हुन् ।

बालाजु, जोरपाटी लगायतका स्थानबाट निकालिएको यातायातका साधन सहितको प्रदर्शनले रिङरोड परिक्रमा गर्ने व्यवसायीहरुले बताएका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा सडकमा निस्किएका व्यवसायीहरुले यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, कोभिड खोपको व्यवस्था गर्न, २० वर्ष अवधि पुगेका सवारी साधनको अवधि थप गर्न, नवीकरण र जरिवाना छुट गर्न माग राखेका छन् ।

सरकारले गत असार २७ गतेमात्र सार्वजाकि सवारी साधनको भाडा बृद्दी गरेको थियो । सरकारले गरेको भाडा बृद्दीमा ट्याक्सी तथा छोटो दुरीका सवारीलाई पर्याप्त सम्बाधन नभएको भन्दै उनीहरु सडकमा उत्रिएका हुन् ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  १० : ३२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज