२१ माघ २०८२, बुधबार | February 4, 2026

हुम्लाको ताँजाकोट गाउँपालिकामा नौ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध



सिमकोट । हुम्लाको ताँजाकोट गाउँपालिकामा नौ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा कामकाज ठप्प भएको छ । वल्र्ड लिङ्क कम्युनिकेसन प्रालीको इन्टरनेटमा समस्या आउँदा सेवा अवरुद्ध भएको हो ।

असार २९ गतेदेखि सेवा अवरुद्ध हुँदा आर्थिक वर्षको अन्त्यमा सम्पन्न गर्नुपर्ने काम ठप्प भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताए ।

विभिन्न योजना र अन्य विकासे गतिविधिको चेक काट्ने काम भए पनि साट्न पाएको छैन । असार ३० गते अदानचुली गाउँपालिकामा गएर काम गरे पनि पूरा गर्न नसकिएको ढकालले बताए ।

इन्टरनेट समस्याले हिसाब मिलाउन गर्न नसकेर कोष तथा लेखा नियन्त्रण कार्यालयलाई प्रतिवेदन पठाउन नसकिएको गाउँपालिकाले जनाएको छ । हालसम्म गाउँपालिकाले खर्च निकाल्न र फ्रिज रकमबारे पनि भन्न नसकिएको उनले बताए । वल्र्ड लिङ्कलाई खबर गरेर जुम्लाबाट कर्मचारी आइपुगे पनि इन्टरनेट बन्न नसकेको बताइएको छ ।

इन्टरनेट सेवाअवरुद्ध हुँदा स्वास्थ्यचौकीको कामकाजमा पनि बाधा पुगेको गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र श्यांकुले बताए । वल्र्ड लिङ्कले मर्मत जारी राखे पनि कहिलेसम्म इन्टरनेट सेवा सञ्चालनमा आउँछ भन्नेबारे अझै टुङ्गो नलागेको गाउँपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ९ : ३१ बजे

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास