१ पुस २०८२, मंगलबार | December 16, 2025

आजको मौसम : वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं । देशभर शनिबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन ।

बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । शनिबार राति पनि देशभर सामान्यतया बदली रहेर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

अहिले बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरुमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ ।

हाल नेपालमा देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जानकारी दिएका छन । मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भूगमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको तथा नदी नाला र खहरेखोलामा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ७ : ५७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज