१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

टोकियो ओलम्पिक : सुटिङकी कल्पना परियारले बनाइन राष्ट्रिय कीर्तिमान



काठमाडौं । जापानमा जारी ३२ औँ ग्रिष्मकालीन ओलम्पिकको सुटिङतर्फ नेपालकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

उनले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । टोकियो ओलम्पिक २०२० अन्तर्गत शनिबार छनोट चरणमा आसाका सुटिङ रेन्जमा कल्पनाले ६ सय १६.८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् । उनले नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुदमा ६ सय १४.५ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । सागमा उनी चौंथो भएकी थिइन् ।

राष्ट्रिय कीर्तिमान बनाउने क्रममा कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४, तेस्रोमा १०१.०, चौंथोमा १०४।१, पाँचौमा १०३.४ र छैटौं १००.७ अंक जोडिन् । उनी फाइनल चरणमा भने पुग्न सकिनन् । ५० खेलाडी रहेको छनोट चरणमा कल्पना ४६औँ स्थानमा रहिन् ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ८ : ३७ बजे

पूजापाठसहित प्रधानमन्त्री बालेन्द्र शाह बालुवाटार भित्रिए

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पूजापाठ गरेर आधिकारिक

मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

काठमाडौं । शुक्रबार मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ

प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप तयारी तिब्र

बुटवल । खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै स्थानीय स्तरमा फुटबल

बुटवलमा ‘डी-म्याक्स डिजिटल बी-टु-सी समिट’ सुरु, प्रविधि प्रदर्शनीमा बढ्दो आकर्षण

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा ‘डी-म्याक्स

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले