४ पुस २०८२, शुक्रबार | December 20, 2025

लोकदोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेश समिति र जिल्ला कार्यसमितिद्वारा लोक संग्राहलय भवन शिलान्यास



बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश समिति र जिल्ला कार्यसमिति रुपन्देहीले संयुक्त रुपमा लुम्बिनी लोक संग्राहलय बनाउने भएका छन ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको डिंगरनगरमा बनाउन लागिएको उक्त लोक संग्राहलय भवनको शनिबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ ।

तिलोत्तमा-४, डिंगरनगर स्थित तिलोत्तमा नगरपालिकाले उपलब्ध गराएको जग्गामा शनिबार भवनको शिलान्यास गरिएको हो । प्रतिष्ठानका केन्द्रिय सचिव, प्रचण्ड जि.सी, प्रदेश अध्यक्ष डिल्ली नारायण पाण्डे, रुपन्देही जिल्ला अध्यक्ष दीपक कार्की र तिलोत्तमा नगरपालिका वडा नं. ४ का अध्यक्ष दिवाकर ढकालले संयुक्त रुपमा इट्टा, र सिमेन्ट राखेर भवनको शिलान्यास गरेका हुन ।

३० फिट बाई ४२ फिट क्षेत्रफलमा बन्न लागेको उक्त भवनलोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समिति र जिल्लाकार्य समिति रुपन्देहीले संयुक्त रुपमा निर्माण गर्न लागेक हुन ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रचण्ड जि.सीले उक्त संंग्राहलय भवन निर्माणका लागि केन्द्रीय कार्यसमितिबाट १ लाख रुपैया प्राप्त हुने जानकारी दिँदै त्यसबाहेक थप सहयोगको लागि कार्यसमितिमा पहल गर्ने आश्वासन दिए । प्रदेश अध्यक्ष डिल्ली नारायण पाण्डेले नेपालीकला संस्कृतिको जर्गेना, संरक्षण र संवद्र्धनमा उल्लेखनीय कार्य गर्ने उदेश्यका साथ यस लोक संग्राहलय भवनको निर्माण गर्न लागिएको बताए ।

तिलोत्तमा नगरपालिका वडा नं. ४ का अध्यक्ष दिवाकर ढकालले प्रदेशकै प्रतिनिधित्व हुने गरी तिलोत्तमा नगरपालिकामा लोक संग्राहलय स्थापना हुन लागेकोमा खुशी व्यक्त गर्दै यो रुपन्देहीवासीका लागि गौरवको कुरा भएको बताए । प्रतिष्ठान रुपन्देही अध्यक्ष दीपक कार्कीले नेपाली कला संस्कृतिको संरक्षणको लागि लोक संग्रांहलयको आवश्यकता खट्कीरहेको अवस्थामा अबभने छिट्टै नै त्यो आवश्यकता पुरा हुने बताए ।

कार्यक्रममा लोक दोहोरी प्रतिष्ठानका केन्द्रिय सल्लाहाकार खेम हमाल, केन्द्रिय सदस्य दिपक गरौज मगर, पुर्व केन्द्रिय सदस्य नारायण लेकाली, स्थानीय समाजसेवी मित्र न्यौपाने, वेद प्रसाद गुरुङ, वडा सदस्य हरिमाया नेपाली र मानकाजी गुरुङ, टोल विकास समितिका अध्यक्ष होम प्रसाद खनाल लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ८ : ०४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको